धादिङमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु

नगेन न्यूज
  • ख-
  • ख+

धादिङ- धादिङमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । पृथ्वी राजमार्ग अन्तरगत जुङ्गे खोला भन्ने स्थानमा दुई सवारी एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

काठमाण्डौबाट धादिङतर्फ जाँदै गरेको बस र मुग्लिङबाट काठमाण्डौतर्फ आउँदै गरेको कार एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा परी तनहुँ जिल्ला आँबुखैरेनी बस्ने दिल बहादुर बस्नेत, भारत उत्तर प्रदेश निवासी विमल भन्द्र अग्रवाल, संध्या अग्रवाल, साधना अग्रवाल राकेश अग्रवालको मृत्यु भएको हो । उनिहरुको काठमाण्डौमा उपचारका क्रममा मृत्यु भएको हो । बसमा सवार एक जान घाईते भएको प्रहरीले जनाएको छ ।-

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला