कास्की १ (१)मा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी विजयी

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
गण्डकी प्रदेश सभा सदस्य कास्की १ (१) मा नेकपा एमालेमा उम्मेवार खगराज अधिकारी विजयी भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादीका दिपक कोइरालाई ३ हजार ९९६ मतले पराजित गर्दै अधिकारी निर्वाचित भएका हुन् ।
पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी यो पटक गण्डकी प्रदेश सभामा गएका हुन् ।

अधिकारीले १५ हजार ६२३ मत पाए भने उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका दिपक कोइरालाले ११ हजार ६२७ मत प्राप्त गरेका छन्।
संघीय सरकारका पूर्व गृहमन्त्री समेत भईसकेका एमालेका अधिकारी आफ्नो पार्टीबाट गण्डकी प्रदेशका मुख्यमन्त्रीका दाबेदार हुन् । कोइराला पूर्व गण्डकी प्रदेश सांसद हुन् ।

हाम्रो नेपाल पार्टीका उम्मेदवार मदन बहादुर केसीले ३ हजार ६२९ मत ल्याएका छन् ।
यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका बाबुराम थापाले ३ हजार ५३४ मत ल्याएर चौथो स्थानमा रहेका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला