कास्की २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका विद्या भट्टराई निर्वाचित

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
कास्की क्षेत्र नं। २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार विद्या भट्टराई फराकिलो मतान्तरले निर्वाचित भएकी छन् ।
विहिवार सम्पन्न मतगणनामा भट्टराईले उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधव प्रसाद कंडेलसंग ४,५०३ मतान्तरले निर्वाचित भएकी हुन् ।

भट्टराईले १६,९९८ मत प्राप्त गर्दा कंडेलले १२,४९५ मत प्राप्त गरे । यस्तै गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका श्रीनाथ बरालले ९,६५९ मत प्राप्त गरेका छन् । कूल मतदाता ७९ हजार १३८ जना रहेको यस क्षेत्रमा ४९,९२० मत खसेको थियो ।
प्रतिनिधि सभातर्फ १७ जनाले उम्मेदवारी दिएका थिए ।

सो क्षेत्रमा वि सं २०७४ को निर्वाचनमा नेकपा एमालेका स्व।रबिन्द्र अधिकारी निर्वाचित भएका थिए भने अधिकारीको दुर्घटनामा परि मृत्यु भएपछी उप निर्वाचनमा विद्या भट्टराई नेकपा एमाले बाट निर्वाचित भएकी थिईन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला