कास्की १ (२) मा एमालेका वेदबहादुर गुरुङ विजयी

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
कास्की–१९२० मा नेकपा (एमाले)का उम्मेदवार वेदबहादुर गुरुङ विजयी भएका छन् ।
एमालेका गुरुङले १२ हजार छ सय ६१ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपक गुरुङले ११ हजार सात सय ९४ मत ल्याए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महेन्द्रबहादुर कार्कीले तीन हजार छ सय ५६ र हाम्रो नेपाली पार्टीका महेश श्रेष्ठले एक हजार पाँच सय ४९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी मङ्गोल नेशनल अर्गनाइजेशनका ख्यामबहादुर गुरुङले चार सय ५८, जनता समाजवादी पार्टीका हर्कबहादुर गुरुङले तीन सय ६२, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका गौमती गुरुङले एक सय एक मत ल्याएका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला