मतदाताहरुद्धारा प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार गुरुङ्ग एक आदरणीय नेता भएको स्पष्ट

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार दिएका महादेव गुरुङ्गले जबसम्म देशमा भ्रष्टाचारको अन्त्य हुँदैन तबसम्म देश विकास हुन नसक्ने बताएका छन् ।

बुधबार पोखराको मुख्य बजार क्षेत्र चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँ बजार हुँदै जैमुरी र बाटुलेचौरको राजपँधेरोमा घरदैलो कार्यक्रममा पुगेका गुरुङ्गले पछिल्लो समय विभिन्न राजनीतिक दलहरुका नेताहरुले स्वार्थको राजनीतिक गरेको हुदाँ देशका हरेक क्षेत्रमा भ्रष्टाचार मौलाएको र यसको प्रत्यक्ष असर विकास निमार्णका कार्यहरुमा देखा परेको बताएका हुन् ।

उनले अहिले हरेक क्षेत्रमा पैसा र पावरको चलखेल हुने गरेको बताउँदै जबसम्म यसको अन्त्य हुँदैन तबसम्म यो देशको अवस्था परिवर्तन हुन नसक्ने बताएका छन् । उनले अहिले जनताहरु दलाल र भ्रष्ट नेताहरुबाट आजित भईसकेको समेत बताएका छन् ।

त्यस्तै आज भएको घरदैलो कार्यक्रममा सो ठाउँका मतदाताहरुले महादेव गुरुङ्ग सानादेखि ठूला सम्पूर्ण व्यक्तिहरुका लागि एक आदरणीय नेता भएको प्रतिक्रिया दिएका छन् । उनीहरुले गुरुङ्ग एक कुशल नेता भएको जसले जनताको भावना र चाहाना अनुरुप विभिन्न विकासका कामहरु गरेको बताएका छन् ।

त्यस्तै उनीहरुले गुरुङ्ग आफुहरुको अभिभाव, भगवान र एक सच्चा नेता भएको समेत बताए । सो ठाउँहरुका मतदाताहरुले उनी जस्तो असल व्यक्तिलाई पूर्ण रुपमा सघाउने पनि बताएका छन् । यस्तै आज भएको घरदैलो कार्यक्रममा मतदाताहरुको उत्साहजनक सहभागीता समेत रहेको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला