लोकतान्त्रिक वाम गठबन्धन कलाकारका तर्फबाट फुटेर होइन जुटेर प्रस्तुत हुने प्रतिवद्धता

नगेन न्यूज
  • ख-
  • ख+

ज्योती हमाल, पोखरा ।
लोकतान्त्रिक वाम गठबन्धन कलाकारका तर्फबाट फुटेर होइन जुटेर, अस्थिरतामा होइन स्थिरतामा ललितकला विकाश हुने प्रतिवद्धता व्यक्त गरेका छन् ।
लोकतान्त्रिक वाम गठबन्धन कलाकारका तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै सन्तुलित एवं समन्यायिक विकासमा विश्वास गर्ने भएकोले जुटेर अघि बढ्न सम्पुर्ण कलाकारलाई आग्रह गरेका छन् ।

लोकतान्त्रिक वाम गठबन्धन कलाकारका संगठनले कुनै कमी कमजोरी हुन नदिने सार्वजनिक प्रतिवद्धता व्यक्त प्रेस विज्ञप्ति मार्फत व्यक्त गरेका छन् ।
विज्ञप्तिमा गरिबी, बेरोजगारी तथा सबै प्रकारका असमानता र विभेदको अन्त्य गर्ने, समाजमा पछाडि परेका वर्ग समुदायलाई केन्द्रमा राखेर हामी विकासको अभियान सञ्चालन गर्ने , आम जनता व्यक्ति केन्द्रीत विकासको सुरुवात गर्न राजनीतिक मात्र होइन आर्थिक क्रान्ति गर्नुपर्ने भएको त्यसैले जनउत्तरदायी र बलियो सरकारमार्फत सेवामुलक सुशासन प्रदान गदै समृद्धितर्फको यात्रामा ललितकलाकर्मीहरुको तर्फबाट जुटने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

विज्ञप्तिमा लोकतान्त्रिक वाम गठबन्धन सत्ता प्राप्तिको लागि नभै संविधानको रक्षा, जनताको बलिदानी पूर्ण संघर्षबाट प्राप्त गरेको समाबेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा सन्तुलित विकासप्रतिको जनचाहना पूरा गर्नका लागि गठबन्धन को तर्फबाट प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि प्रस्तुत प्रत्यक्ष उम्मेदबारलाई पार्टी निर्णय अनुसार मतदान गर्न र समानुपातिक तर्फका उम्मेदवारलाई आआफ्ना पार्टीका चुनाव चिन्हमा अमूल्य मत प्रदान गरी बिजयी गराउन पनि अपिल गरेका छन् ।

विज्ञप्तिमा गठबन्धन दलबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रतिबद्धता अनुसार जनता र कलाकारको सेवामा समर्पित रहन सदैव निर्देशित गराउन र मुलुक र ललितकला क्षेत्रको मुहार फेर्नमा परिवर्तनको अनुभुति सँगै मतदातामा निर्णायक भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।
विज्ञप्तिमा नगेन सिंह, केन्द्रिय सभापति,नेपाल ललितकला लोकतान्त्रिक संघ, (नेपाली कांग्रेस) , पाल्साङ्मो लामा, केन्द्रिय अध्यक्ष, अखिल नेपाल ललितकला संघ, (नेकपा माओवादी केन्द्र) र दिवेशमान सिंह प्रधान, केन्द्रिय अध्यक्ष, ललितकला मञ्च नेपाल,(नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को हस्ताक्षर रहेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला