‘कास्की २ का एमाले उम्मेदवार सबैका साझा’–मतदाता

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा,२९ कार्तिक ।
नेकपा (एमाले)को तर्फबाट कास्की क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई र २(१) का प्रदेश सभा सदस्य पदका उम्मेदवार भिम बहादुर कार्कीलाई मतदाताले एमालेको मात्रै उम्मेदवार नभएर सबैको साझा उम्मेदवार भएको प्रतिक्रिया दिएका छन् ।
निर्वाचन अभियानको क्रममा पोखरा महानगर वडा नम्वर २१ र ३३ मा पुगेका एमाले उम्मेदवार कार्कीलाई आफ्नो क्षेत्रका माटो र भुगोल बुझेर काम गर्न सक्ने मनको सारथि भएको भन्दै पोखरा ३३ का स्थानिय मनोज आचार्यले उक्त क्षेत्रमा एमालेले उल्लेखनीय काम गरेकोले अबको रोजाई पनि एमाले नै रहने बताए ।

‘यो क्षेत्रमा काम र विकास गर्ने पार्टी एमालेकै उर्जाशिल उम्मेदवार मात्रै भएको हुँदा सधैंको मन र मतमा तलमाथि नगर्ने ठाउँ हो ।’ आचार्यले भने –‘हाम्रो क्षेत्रले आफ्नो ठाउँको मात्रै नभएर राष्ट्रको समृद्धिको योजनाकार रविन्द्र अधिकारीलाइ हुर्काएको सम्झना छ । हामीले फेरि यो क्षेत्रमा नेपाली राष्ट्रिय राजनीतिमा प्रभावशाली भुमिका खेल्न सक्ने विकासका अगुवा नेता जन्माउने हुर्काउने र चम्काउने अवसर पाएका छौँ । यो अवसर चुकाउने छैनौं ।’

स्थानिय दिपेन्द्र अधिकारीले सधैं यो क्षेत्रको उन्नति र विकासमा लाग्ने उम्मेदवार पाएको भन्दै हिजो एमालेले गर्यो,अबको पाँच वर्ष पनि स्पष्ट बहुमत सहितको सरकार निर्माण गर्ने गरि एमालेका उम्मेदवारहरूलाई नै मन र मत दिन आग्रह गरे ।
सो अवसरमा उम्मेदवार कार्कीले क्षेत्र नम्वर २ को विकासकै लागि उम्मेदवारी दिएको बताउँदै जनमत र विश्वासमाथि कहिल्यै दाग नलाग्ने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले समृद्ध नेपाल निर्माणको आधार प्रदेश र संघमा एमालेको सरकार भएको हुँदा भ्रममा नपर्न उनले मतदाताहरूलाई अपिल समेत गरेका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला