अबको दशक विकासको: दीपक

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २६ कात्तिक।

संघीयतापछिको दोस्रो आम निर्वाचनमा रहेका ५ दलीय गठबन्धनका उम्मेदवारले अबको दशक विकासको दशक हुने प्रतिवद्धता गरेका छन् । संविधान निर्माण भएपछि भएको चुनावपछि पनि संसदीय राजनीतिमा अनेक विकृति देखिएको भन्दै उनीहरुले ती विकृति सच्चायाएर अबको युगको नेतृत्व गर्ने वाचा गरेका छन् ।

कास्की १ (१)मा सत्ता गठबन्धनका साझा उम्मेदवार दीपक कोइरालाले अबको दशकमा देश विकासको गतिका निकैअघि बढ्ने जनाए । नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका कोइराला गण्डकी प्रदेशमा सोही क्षेत्रबाट अघिल्लो निर्वाचनमा चुनिएका थिए । कोइरालाले भने, ‘हामीले अनेक उतारचढावका बीच व्यवस्था बदल्यौं, संविधान बनायौं । अब योजनावद्ध विकासको कार्यभार पूरा गर्नुको विकल्प छैन ।’ कास्की १ (१) मा गएको कार्यकालमा आफ्नो पहलनमा धेरै योजना सुरु भएको उनको भनाइ छ । ती योजना पूरा गर्न र नयाँ जनताको जीवन बदल्ने खालका योजना बनाउन गठबन्धनको नेतृत्व जरुरी हुने औंल्याए ।

शनिबार पोखरा ३२ का मतदातासँग घरदैलोका क्रममा उनले तीन तहमै गठबन्धनको सरकार बने विकासको मूल फुट्ने बताए । उनले तल्लो गगनगौंडाका भूमिहीनको समस्या सुल्झिने क्रममा रहेको जनाउँदै यहाँको डुबानको समस्या पनि चाडै समाधान हुने जनाए ।

नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री यज्ञबहादुर थापाले कोइराला अनुभवी र ऊर्जावान् नेता भएको जनाए । उनले विगतमा राम्रो काम गरेका नेताको मूल्यांकन गरी आगामी कार्यकालको नेतृत्व दिन उनले मतदातालाई आग्रह गरे ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला