अनुचित चन्दा संकलन गरी खर्च नगर्ने कास्की १ ‘ख’ का एमाले उम्मेदवार श्यामको घोषणा

नगेन न्यूज
  • ख-
  • ख
  • ख+

पोखरा, २६ कार्तिक ।
नेकपा एमालेका उम्मेदवार वेद वहादुर गुरुङ श्यामले चुनाव जित्नको लागि अनुचित चन्दा संकलन गरी खर्च नगर्ने घोषणा गरेका छन् । नेकपा (एमाले) को तर्फबाट कास्की १ ‘ख’ का प्रदेश सभा सदस्य पदका उम्मेदवार गुरुङले सामाजिक सञ्जाल फेसवुकमा पोष्ट सेयर गर्दै उक्त कुरा व्यक्त गरेका हुन् ।

गुरुङले लेखेका छन् ‘चुनाव जित्नकै लागि म अनुचित चन्दा लिदिनँ र खर्च पनि गर्दिनँ ।’ उनले वर्तमान अवस्थामा अरु नेताहरुले चुनाव जित्न अनेक तिकडम गर्ने बताउँदै आफुले त्यस्तो नगर्ने उल्लेख गरे । पोष्टबारे स्पष्ट पार्दै उनले उनले भने,–‘म आफ्नो योजना सुनाएर जनताको मत जित्न चाहान्छु ।’ उनले अवैध रुपमा चन्दा उठाएर अनि खर्च गर्नु निर्वाचन आचार संहिता विरुद्ध मात्र नभई दीर्घकालिन रुप असर पर्ने बताए ।

चुनाव केन्द्रित प्रचार प्रसार तथा घरदैलो कार्यक्रममा व्यस्त उनले आफ्नो क्षेत्रका स्थानियसँग आफूलाई सुर्य चिन्हमा मत दिएर विजयी बनाउन आग्रह गर्दै आफु निर्वाचित भए गुणस्तर शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, कृषि उत्पादन तथा बजारीकरण, पर्यटन, निशुल्क खानेपानी, व्यवस्थित सार्वजनिक यातायात, फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका छन् । साथै गठबन्धन सरकारले कटौती गरेका परियोजनाहरुलाई पुनः बजेट विनियोजन गरी कार्य सम्पन्न गर्ने बताएका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम र टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला