जनताको मत खेर जान दिन्नौं–पहारी

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा,२५ कार्तिक ।

नेकपा एमाले कास्की क्षेत्र नम्बर ३(२) प्रदेश सभा उम्मेदवार राजीव पहारीले जनताले दिएको जनतमतको कदर गर्न कुनै कसर बाँकि नराख्ने बताएका छन् । शुक्रबार अन्नपूर्ण गाउँपालिका–३, धारापानीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार पहारीले यस्तो बताएका हुन् । यहि क्षेत्रका निवर्तमान सांसद समेत रहेका पहारीले अघिल्लो पटक जनताले विजयी गराएर पठाएपछि चुनावका बेला गरेको केहि प्रतिवद्धता पुरा गर्न नसकेको औल्याए । ‘जनताले अनुभुती गर्ने गरि काम ग¥यांै, तर केहि बाँकि रहे, तिनै अधुरा काम पुरा गर्न फेरी मेरो उम्देवारी हो’–पहारीले भने ।

अघिल्लो कार्यकालमा अँधेरी खोलामा झोलुङे पुल निर्माण गरिएको, मुख्य मन्त्री वातावरण नमुना कृषी गाउँ कार्यक्रम अन्नपूर्ण गाउँपालिकामै सञ्चालन गरिएको, धारापनी–शिवालय मार्ग, पत्थर–मरौंचे–भदौरे मार्गको स्तरोन्नती लगायतका कामहरु भएको जनाउँदै केहि योजनाहरु पुरा गर्न नपाउँदै सरकार ढलेकाले योजनाहरु अधुरा रहेको बताए । ‘अँधेरि खोलामा पक्कि पुलका लागि डिपिआर बनेको छ, यहाँको पैह्रो व्यवस्थापनका लागि ठोस योजना अघि सारिएको छ, हिले–काहुँडाँडा बाटोको स्तरोन्नीत गर्नुछ, कृषियोग्य क्षेत्रमा सिंचाइको व्यवस्थापन गर्नुछ’–उनले भने, ‘यसका लागि पनि फेरी जनताले मलाई साथ दिनुहुनेमा विश्वस्त छु ।’

उनले सामाजिक विकृती विसंगति विरुद्ध आमा तथा युवा समुहसंग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता समेत जाहेर गरे ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला