भरतपोखरीवासी भन्छन–‘रविन्द्र र विकास मन मुटुमा छन्’

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा,२५ कार्तिक ।
दिवङ्गत पर्यटनमन्त्री रविन्द्र अधिकारीको जन्मथलो पोखरा महानगरपालिका वडा नम्वर ३३ भरतपोखरीका जनताले रविन्द्र र उनले गरेको विकास सधैं मन मुटुमा रहेको बताएका छन् । कहिल्यै विर्सन नहुने एमाले नेता अधिकारीले देखेका विकासका सपना पूरा गर्न अव एमालेकै उम्मेदवार चाहिएकोले प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई र प्रदेश सभा सदस्यका उम्मेदवार भिम कार्कीलाई अत्याधिक मतले विजयी गराउने भरतपोखरीवासीले प्रतिवद्धता जनाएका छन् ।

मंसिर चार गते सम्पन्न हुने निर्वाचन अभियानमा आफ्नै गृह वडा पोखरा ३३ पुगेका नेकपा (एमाले)को तर्फबाट कास्की क्षेत्र न २(१) का गण्डकी प्रदेश सभा सदस्य उम्मेदवार भिम बहादुर कार्कीलाई भेटघाटका अवसरमा स्थानियहरूले सो प्रतिवद्धता जनाएका हुन् ।
भेटमा उम्मेदवार कार्कीले विकास र समृद्धिको योजनाबद्ध संवाहक नेकपा एमाले मात्रै भएको बताए । कार्कीले आफु सधैं जनताको साथमा रहेको र सधैं रहने भन्दै जनताको हित र विकासमा इमान्दारितापूर्वक लागिरहने उल्लेख गरे।

दिवङ्गत नेता रविन्द्रको उत्तराधिकारी भएर उनको विकासको सपना पूरा गर्दै थप योजना अघि सारेको कार्कीले जानकारी दिए ।
विगतमा आफ्नो पार्टीको केपी ओली नेतृत्वको सरकारले विकास अभियानमा उत्कृष्टतापूर्वक काम गरेको र अब पनि त्यस्तै योजना घोषणाापत्र मार्फत आइसकेको हुँदा जनजिविकाका सवाललाई समेट्दै आफू नीति निर्माणमा प्रभावकारी भुमिका सहित अगाडि बढ्ने उल्लेख उनको भनाई छ ।
निर्वाचन अभियानका क्रममा आफ्नो गृह वडा पोखरा महानगरपालिका वडा नम्वर ३३ पुगेका एमाले उम्मेदवार कार्कीले सो क्षेत्रको योजनाबद्ध एकीकृत विकासको अवधारणालाइ साकार पार्ने बताए ।
सो पार्टीका गण्डकी प्रदेश कमिटीका उप–सचिव रश्मि आचार्यले आचार्यले एमाले नीति र योजनासहित निर्वाचनमा आएको एमालेका उम्मेदवारहरूलाई प्राप्त जनसाथले नै विजय निश्चित भैसकेको भन्दै आफ्नो ठाउँको विकास आफ्नै क्षेत्रका जनप्रतिनिधिले नै गर्ने हुँदा प्राप्त अवसर नगुमाउन भरत पोखरीवासीलाई आग्रह गरे ।
उपसचिव आचार्यले युवा, महिला,जनजाति पिछडिएका बर्गसहित आम नेपालीको समृद्धिको लागि महत्वपूर्ण कार्यक्रम घोषणा पत्र मार्फत एमालेले ल्याएको भन्दै सोको पूर्ण कार्यान्वयन गर्ने बताए ।
पोखरा ३३ का निवर्तमान वडा अध्यक्ष शिवप्रसाद आचार्यले सो वडाको लाम्गादिमा नयाँ मोटरेबल पुल निर्माणको लागि आफ्नो पार्टीका जनप्रतिनिधिको पहलमा नेपाल सरकार संघीय पूर्वाधार विकास कार्यालय र स्विस सरकार बिच नयाँ सम्झौता भैसकेको भन्दै अव छिट्टै निर्माण प्रक्रिया शुरु हुने जानकारी दिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला