पोखरा वृद्धाश्रममा ६१ थान ब्लाङ्केट वितरण

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा २४ , कार्तिक
पोखरा महानगरपालिका १७ मा रहेको पोखरा बृद्धाश्रममा जाडोका लागि आवश्यक ब्लाङ्केट वितरण गरीएको छ ।

लौहपुरुष गणेशमान सिँहको १ सय ८ औ जन्मजयन्तीका अवसरमा समाजसेवी विजयराज आचार्य र देवराज गुरुङले ब्लाङ्केट वितरण गरेका हुन् । बिहीबार आश्रममै पुगेर त्यहाँ रहेका वृद्ध वृद्धालाई ६१ थान ब्लाङ्केट वितरण गरीएको आचार्यले जानकारी दिएका छन् । केही समययता पोखरामा जाडो बढ्न सुरु गरेको र आश्रमका वृद्धवृद्धालाई ब्लाङ्केटको अपरीहार्य भएको सुचना पाएपछि उक्त सहयोग गरेको समाजसेवी गुरुङले बताए ।

“जाडो सुरु भएको र वृद्धाश्रममा रहनुभएका आमा बुबाहरुलाई ओढ्ने ब्लाङ्केटको समस्या भएको थाहा पाएपछि सिंहको जन्मजयन्ती अवसर पारेर सहयोग गरेका हौ ।” गुरुङले भने । मानविय सम्वेदनाका दृष्टिकोणले पनि वृद्धाश्रममा सहयोग गर्न पाउँदा आफु गौरवान्वित बनेको उनको भनाई छ ।

भविष्यमा पनि आश्रममा आवश्यक अन्य सामाग्री सहयोगको कार्य जारी राख्ने गुरुङले जनाए । ब्लाङ्केट सहयोग पाएपछि त्यहाँका वृद्धवृद्धाले सहयोगी आचार्य र गुरुङप्रति कृतज्ञता प्रकट गरेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला