विकास र समृद्विलाई भोटसँग नजोड्न मतदातासँग आग्रह : किशोरदत्त बराल

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २५ कात्तिक ।
पाँच दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले विकास र समृद्वि देशको आवश्यकता भएको बताएका छन् । देशको अत्यावश्यक विषय विकास र समृद्वि जस्तो महत्वपूर्ण विषयलाई भोट र निर्वाचनसँग जोड्न नहुने उनको भनाइ थियो ।

उनले समाजका लागि आवश्यक विकासप्रति आफू सम्वेदनशील रहेको बताए । सबै विकास एकै पटक सम्भव नहुने भन्दै प्राथमिकताको आधारमा गर्नुपर्नेमा जोड दिए । विभिन्न वडामा घरदैलोमा रहेका उम्मेदवार बरालले मतदातासँग भेटघाट गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीलाई कांग्रेसले प्राथमिकता दिएको उल्लेख गरे । कास्की काँग्रेसका सभापति समेत रहेका उम्मेद्बार बरालले सांसद बनेपछि ५ वर्ष कुनै गुनासो नआउने गरी काम गर्ने प्रतिवद्वता व्यक्त गरे ।

‘सांसदमा निर्वाचित गर्ने जिम्मा तपाईहरुको उनले भने, ‘त्यसपछि गुनासो नआउने गरी काम गर्ने जिम्मा मेरो भयो ।’
उनले राजनीतिलाई समाज सेवाका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए । गठबन्धनको पक्षमा जनलहर देखिएको भन्दै उनले कुनै शक्तिले गठबन्धनलाई हल्लाउन नसक्ने ठोकुवा गरे ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला