रामजी र प्रकाशले लान्द्रुकमा पुरा गर्नेछन यी योजनाहरु

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा २५ कात्तिक

कास्कीको अन्नपूर्ण ७ लान्द्रुक लगायतको क्षेत्रमा पाँच दलीय गठबन्धनका साझा उमेदवार रामजी प्रसाद बराल जीवन र प्रकाश बरालले विभन्नि योजनाहरु पुरा गर्न आफ्नो तर्फबाट बिषेश पहल गर्ने बताएका छन् ।

कास्की निर्वाचन क्षेत्र ३ का प्रतिनिधि सभा सदस्यका उमेदवार जीवन र प्रदेश सभा सदस्यका उमेदवार प्रकाशले केही दिन अघि आफ्नो चुनावी अभियान अन्र्तगत घर दैलो कार्यक्रममा अन्नपूर्ण ७ का स्थानिय समक्ष उक्त कुरा बताएका हुन् ।

अन्नपूर्ण ७ को तानचोक कोटमा रहेको श्री कान्छी बराह मन्दिरलाई पर्यटनको हर्व बनाउन, अन्नपूर्ण ७ को रिङरोड ५ बर्ष भित्र कालोपत्रे बनाउन, मोदीखोला पुलमा मोटरेवल पुलको निर्माण गरी यातायात संचालन गर्ने अभियानमा उमेदवारहरुले बिषेश पहल गर्ने बताएका हुन् ।

त्यसै गरी लान्द्रुक र घान्द्रुकमा नेपालकै अग्लो र लामो झोलुङगे पुल निर्माण गर्ने, अन्नपूर्ण ७ मा ग्रामिण कृषि सहकारी मार्फत कृषि प्रबद्र्धन गर्ने, अन्नपूर्ण ७ को एक मात्र मावि हिमालयन माविमा प्लस टु सम्मको कक्षा संचालनको लागि आवश्यक सहयोग गर्ने, लान्द्रुक, मर्दी हिमालसम्म पोथना देउराली मर्दी हिमालसम्म गोरेटोबाटो निर्माण गरी पर्यटक आगमनलाई सहज बनाउन पहल गर्ने उमेदवारहरुले बताए । सो क्षेत्रमा अव्यबस्थित रुपमा रहेका व्यवसायलाई व्यबस्थीत बनाउन संघिय सरकारसंग पहल गर्ने, अन्नपूर्ण ७ लाई आन्न्तरिक तथा बाह्यि पर्यटनको हनी हण्टिङ फेष्टिवललाई व्यापक रुपमा प्रचार प्रसार गर्ने उमेदवारद्धय बरालले बताए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला