‘उल्लेरीलाई उत्कृष्ट पर्यटकिय गन्तव्य बनाउँछौं’–पहारी

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २४ कात्तिक ।

नेकपा एमाले कास्की क्षेत्र नम्बर ३(२) प्रदेश सभा उम्मेदवार राजीव पहारीले उल्लेरीलाई उत्कृष्ट पर्यटकिय गन्तव्य बनाउने बनाएका छन् । अन्नपूर्ण गाउँपालिका–९ स्तिथ उल्लेरीमा बिहीबार भएको कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार पहारीले गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकिय गन्तव्य पुन हिल जोड्ने स्थल भएकाले पर्यटकिय दृष्टीकोणबाट उल्लेरी महत्वपूर्ण स्थान भएको उल्लेख गरे । उनले यसअघि आफ्नों कार्यकालमा विरेठाँटी–दाङसिङ–मोहरिया हुँदै आउने मुक्ति मार्ग निर्माण गरेपनि त्यसले पूर्णता भने नपाएको जनाए । त्यसलाई पूर्णता दिलाउनका लागि पनि पुनःआफ्नों उम्मेदवारी भएको पहारीको भनाई थियो ।

अग्लो ठाउँमा अवस्थित उल्लेरीमा खेलकुदको पनि सम्भावना भएको जनाउँदै यहाँ विभिन्न खाले ‘हाइ अल्टिच्युड’प्रशिक्षण गराउन सकिने पहारीले जनाए । युवाहरुलाई खेलकुद र पर्यटनतर्फ लगाउँदै आफ्नैं ठाउँमा रोजगारीको सम्भावना खोज्न युवाहरुसंग सहकार्य गरिने उनले बताए ।

कोणसभामा बोल्दै कास्की ३ का प्रतिनिधीसभा सदस्य उम्मेदवार दामोदर पौडेल बैरागीले अन्नपूर्ण गाउँपालिका आफ्नों जन्मस्थल समेत भएकाले यो ठाउँको माया लाग्नु स्वभाविक भएको बताए । अन्नपूर्ण गाउँपालिकामा कृषी र पर्यटनको प्रचुर सम्भावना रहेकोले आफुहरु विजयी भएर आएपछि यसका बारेमा गहन खोजी गर्दै सम्भावनाका ढोका उघार्ने पौडेलले बताए । बिहीबारनै गाउँपालिकाको वडा ५ स्थित झोवाङमा पनि कोणसभा सम्पन्न भएको थियो । कोणसभालाई नेकपा एमाले केन्द्रिय सल्लाहकार समिति सदस्य देवी सुवेदी, प्रदेश कमिटि सदस्य बुद्धिमान गुरुङ्ग, नेकपा एमाले अन्नपूर्ण गापा अध्यक्ष विवेक देवकोटा लगायतले सम्बोधन गर्दै यस क्षेत्रमा विकासको लहर ल्याउन एमाले उम्मेदवारहरुलाई मतदान गर्नुपर्नेमा जोड दिएका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला