प्राप्त उपलब्धि जोगाउन र विकासका लागि गठबन्धनलाई भोट दिनुपर्ने कास्की–२ का उम्मेदवारको धारणा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २३ कात्तिक ।
नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्या एवं कास्की क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले हिजोका परिवर्तनका अन्दोलनमा जस्तै प्राप्त उपलब्धि जोगाउन कांग्रेस र कम्युनिष्ट वीच गठबन्धन भएको बताएका छन् ।
हिजो आफूहरुले निर्माण गरेको एकीकृत पाटी तीन टुक्रा भएको भन्दै कम्युनिष्टको मुल स्प्रिट आफूहरुले बोकेको उनले दाबी गरे । उनले पुष्पलाल श्रेष्ठ, वीपी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी हुँदै गिरिजा प्रसाद कोइरालासम्मको विरासत बोकेका कांग्रेस र कम्युनिष्ट एकठाउँमा रहेको उनको भनाई छ ।

पोखरा–१६ बाटुलेचौरमा भएको घरदैलोको क्रममा उनले भने, ‘विगतमा ठूलठूला परिवर्तन कांग्रेस र कम्युनिष्ट मिलेर गरेको इतिहास छ । अहिले परिवर्तनलाई पछाडी फर्काउने प्रयास भयो । संसद विघटन गर्ने र संविधानमाथी प्रहार गर्ने काम भयो । प्राप्त उपलब्धि गुम्ने खतरा भयो । त्यसैलाई जोगाउन गठबन्धन भएको हो ।’

उम्मेदवार बरालले पोखरा १६का जनताको आवश्यकता आफूले बुझेको र जनताको भावना अनुरुपको ऐन कानुन निर्माणमा भूमिका खेल्ने उनले बताए । संसद नभएका बेला जनताकै बीचमा रहेर काम गर्ने उनको भनाई थियो । ‘४० वर्षदेखी निरन्तर जनताको माझमा छु । यो क्षेत्र भूगोल र क्षेत्रको बारेमा जानकार छु । विगतमा राम्रोसंग काम हुन सकेन अब काम हुन्छ । अब द्रुत गतिले अघि बढ्छौ’ उनले भने ।
कांग्रेसका नेता एवं गठबन्धनको तर्फबाट कास्की २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार विन्दु कुमार थापाले पहिलो कार्यकालमा प्रदेशमा जग बासाल्ने काम गरेको र अब विकास र समृद्धि मुख्य प्राथमिकतामा पर्ने बताए ।

उनले भने, ‘यहाँहरुले यस अगाडि मलाई निर्वाचित गरेर पठाउनुभयो । हामीले प्रदेशको जग राख्ने काम गरेका छौं । सकेसम्म आफ्नो क्षेत्रका जनताको भावना अनुरुप काम गरेको छु । मैले पाउने सेवा सुविधा समेत यहाँकै विकासमा खर्च गरेको छु । त्यसले निरन्तरता आउने कार्यकालमा पनि पाउने छ ।’
उधमशिलताको विकास गर्दै रोजगारी सृजना गर्ने उनले बताए । उनले भारत र चिनसंग सिमा जोडिएको प्रदेश भएकाले कोरलादेखी सुस्तासम्म लाइफलाइनको रुपमा सडक सञ्जाल जोड्ने काम अगाडि बढेको, जनतालाई चाहिने ६१ भन्दा धेरै कानुन निर्माण गरिएको र अब विकास पूर्वाधारका लागि गठबन्धनकै प्रदेश सरकार बन्ने उनले बताए । प्रदेश संसद र सरकारमा समेत आफूले महत्वपूर्ण भुमिका खेल्ने उनको भनाई थिया ।
नेकपा माओवादी केन्द्रका नेता एवं कास्की क्षेत्र नम्बर २ (१) मा गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार बिश्वप्रकाश लामिछानेले दोविल्लासहित समग्र विकासका लागि गठबन्धनको जित अनिवार्य रहेको बताए । पोखरा १७ दोविल्लामा आयोजित चुनावी कोणसभामा बोल्दै उनले उक्त कुरा बताएका हुन् । विकास र समृद्धिका लागि गठबन्धन बनेको भन्दै उनले गठबन्धन र जनताको भावना अनुरुप आफूले काम गर्ने बताए ।
‘राजाले कु गर्दा मुलकको परिवर्तनको लागि संयुक्त गठबन्धन गयौं । जनताको संविधान बनेपछि पनि संविधान जोगाउन गठबन्धन गरेको हौं’ उनले भने, ‘विकास र समृद्धिको लागि गठबन्धन गरेको हो ।’

दोविल्ला क्षेत्र एतिहासिक क्षेत्र रहेको भन्दै उनले आफू संरक्षणको अभियानकर्मी भएकाले उक्त क्षेत्रको नदीकटान रोक्ने बताए । दोविल्लाको पुल अहिले पनि खतरामा रहेको भन्दै उनले पुल जोगाउनका लागि योजना ल्याउने उल्लेख गरे ।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय सदस्य विजय आले लगायतले बोलेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला