शारीरिक सुगठन बिश्व प्रतिस्पर्धामा सहभागी हुदै सुजन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, कात्तिक २१ ।

सुजन शिल्पकार नेपालीको लागि मात्र होइन बिश्व भरका शारीरिक सुगठन अथवा बडी बिल्डिङका लागि नौलो नाम होइन। स्वास्थ जीवन र फिट्नेसमा अर्जुनदृष्टि लागाएर अनवरत लागि रहेका सुजनले यो बितेका २ महिनामा मात्र एकदर्जन भन्दा बढी अवार्डहरु जित्दै आउदो नोभेम्बर १८ देखि २० सम्म इन्डोनेसियामा हुदै गरेको WWF world-championship 2022 तयारीमा छन्।

बिगतका बर्षहरु मा सुजनले यस क्षेत्रमा प्राप्त गरेका सफलताका सुचिहरु लामो छ । १६ बर्षको उमेर देखि शारीरिक सुगठनलाई आफ्नो शोख र जिबनको अभिन्न अंग बनाएका सुजन ‘स्वास्थ जीवन नै हाम्रो सबै भन्दा ठुलो सम्पति हो’ भन्ने कुरामा बिश्वास गर्छन । त्यहि उनको आत्माविश्वासले सुजनलाई एक पछि अर्को सफलताको खुड्किलो चढाएको छ । पर्सनल फिटनेस ट्रेनर बिषयको अध्ययन भर्खरै पुरा गरि हाल उनि पर्सनल फिटनेस ट्रेनरको रुपमा पनि कार्यरत छन् । आफुले जानेको, सिकेको र पढेको कुरा धेरै भन्दा धेरै यस क्षेत्रमा चाहाना भएकाहरु लाई सिकाउन र यस बिषयमा कम ज्ञान भएकाहरु लाई पनि स्वस्थ जीवनको लागि फिटनेसको महत्वको बारेमा सिकाउन पनि मन भएको बताउने सुजन नेपालको सुन्दर शहर पोखराका बासिन्दा हुन् ।

भर्खरै ( २९ अक्टोबरमा ) ब्रिसबेनमा सम्पन्न INBA PRO/ Am मा सुजनले २ गोल्ड २ सिल्भर र १ ब्रोंज मेडल जित्न सफल भएका छन्। द नेपाली टाईम्स अष्ट्रेलियाको कुराकानीमा उनले आफु नेपालको झन्डा बोकेर इन्डोनेसियामा हुदै गरेको अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुन जान लागेको र यसले एकल प्रयासमा पनि देश चिनाउन पाउँदा आफुलाई ठुलो गौरब हुने बताए। नेपाल सरकार र खेलकुदलाई हेर्ने सरकारी निकायको आँखामा नपरेका सुजनले फेरि पनि यस प्रति ठुलो गुनासो राखेनन् उनले अगाडी भने ‘म निस्वार्थ भावले मनमा नेपाल र हातमा नेपाली झन्डा बोकेर खेलिरहेछु आशा छ एकदिन देशले र मेरा युवा साथिहरु ले यसलाई अपनत्व लिनुहुनेछ”।

त्यसो त यो भन्दा अगाडी पनि सुजनले राष्ट्रिय र अन्तराष्ट्रिय मंचहरुमा नेपाली झन्डालाई आफ्नो सफलताको साक्षी बनाइ सकेका छन्। देशले लाखौ करडौ खर्च गरेका बिभिन्न खेलहरु मा राम्रो उपलब्धि हासिल गर्न नसकेको परिस्थितिमा एक युवाले आफ्नो एकल प्रयासले विश्वका हस्तीहरु उपस्थिति मंचमा आफ्नो प्रतिभाले देशको नाम उचो राख्नु सानो कुरा होइन। देशका प्रमुख मिडियाहरु को आँखा सम्म नपुगेका सुजन हामी सबै नेपालीहरु का लागि गर्ब गर्न सक्ने पात्र हुन्। आशा गरौ उनको अबको यात्रा झन् सफल रहोस।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला