वर्डक्याम्प नेपाल २०२२ भरतपुरमा सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

चितवन, २० कार्तिक ।
चितवनको भरतपुरमा शनिबार देखि संचालन भएको वर्डप्रेस सम्बन्धि दुई दिवसीय वृहत अन्तराष्ट्रिय सम्मेलन “वर्डक्याम्प नेपाल २०२२” आइतबार सम्पन्न भएको छ । विश्वव्यापी रुपमा आयोजना हुने वर्डक्याम्प, वर्डप्रेस कम्युनिटीले गर्ने सबैभन्दा ठुलो सम्मेलन हो। हालसम्म ६५ देशका ३७९ सहरहरुमा ११२४ वटा वर्डक्याम सम्पन्न भएका छन् र नेपालमा यो सँगै १५ ओटा वर्डक्याम्प सम्पन्न भएको छ ।

वर्डप्रेस नेपालको आयोजनामा भरतपुर स्थित चितवन गार्डेन रिसोर्टमा भएको उक्त सम्मेलनको पहिलो दिन राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकहरुले सूचना प्रविधिका विविध विषयहरुमा प्रशिक्षण दिएका थिए। पहिलो दिनको प्रशिक्षकहरुमा ४ जना अन्तर्राष्ट्रिय तथा ६ जना महिला गरी १८ जनाको सहभगिता रहेको थियो ।

प्रशिक्षकहरु मध्ये भारत देखी आएका राहुल डी सर्केरले सर्च इन्जिन सम्बन्धि तथा आदित्य शाहले टेक्निकल टर्म डब्ल्युपी सी.एल.आई. (ध्ए–ऋीक्ष्) सम्बन्धि प्रशिक्षण दिएका थिए। यस्तै बंगलादेश देखि आएका रेहान अरिफले कन्टेन्ट मार्केटिंग तथा तनाज मासबाले सूचना प्रविधिको क्षेत्रमा कार्यरत व्यक्तिहरुले स्वास्थ्यमा आउन सक्ने समस्या र त्यसलाई निवारण गर्ने विषयमा प्रशिक्षण दिएकी थिइन ।

नेपाली प्रशिक्षकहरु ईडा रिजाल, सृष्टि श्रेष्ठ, रौशन जैसवाल, अभिषेक रिजाल, गर्वित श्रेष्ठ, नबिन जैसवाल, सुनिता राई, जिना पौडेल, कृष्ण न्यौपाने, सन्तोष भण्डारी, अनुप अधिकारी, एलिना कक्षपति र लक्ष्मण भट्टराईले वर्डप्रेसलाई व्यावसायिकता प्रदान गर्दा आउन सक्ने चुनौती तथा तिनीहरुको समाधानका विषयमा प्रशिक्षण दिएका थिए ।

सम्मेलनको छलफल सत्रमा वर्डप्रेस कम्युनिटी तथा वर्डप्रेसलाई व्यावसायिक रुपमा प्रयोग गर्दा आएका कठिनाई र तिनको समाधान सम्बन्धि छलफल भएको थियो। उक्त छलफलमा सहजकर्ता पारस देवकोटाले सहभागीहरुले विद्यार्थीहरुको पढाई र व्यावसायिकता सँगै कसरी लैजान सकिन्छ, नेपालमै बसेर अन्तर्राष्ट्रिय बजारमा नेपाली आइटी उत्पादन कसरी बिक्रि वितरण गर्ने, कम्युनिटीमा बसेर एक अर्काको कौशल तथा व्यवसाय कसरी वृद्धि गर्न सकिन्छ र विद्यार्थीहरुले आइटीको क्षेत्रमा काम गर्न वा नयाँ व्यवसाय संचालन गर्ने सोच भएमा के कुरामा ध्यान पुर्याउने जस्ता विषयमा प्रश्न राखेका थिए र उक्त प्रश्नहरुको जवाफमा थिमग्रिलका संचालक रबिन श्रेष्ठ तथा वर्डप्रेस नेपालका ग्लोबल लिड सुभाष खड्काले जवाफ दिएका थिए ।

सम्मेलनको दोश्रो दिनमा वर्डप्रेसलाई अझै सबल विस्तारित र सुरक्षित बनाउन वर्डप्रेसका प्रयोगकर्ताहरुले कसरी योगदान दिन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिइएको थियो। प्रशिक्षकहरु अनन्त राज मिश्र, अनिल बस्नेत, विज्ञान घिमिरे, मिलन हमाल, निलकण्ठ कोइराला, राजन लामा, रेगन खड्गी, सन्दिप पंगेनी, सन्तोष कुँवर, सुभाष कुँवरले वर्डप्रेसलाई योगदान गर्न सकिने विधाहरु जस्तै थिम, प्लगइन, भाषा, सपोर्ट, पोलिगल्ट, तालिम, फोटो, प्याटरन सम्बन्धि प्रशिक्षण दिएका थिए ।

कार्यक्रमलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरु नेक्सेस, जेटप्याक, ब्लुहोस्ट, वर्डप्रेस डटकम, वेग्लोट, वु–कमर्स, कोडविंगले प्लाटिनम स्पनसर गरेका थिए। यसै गरी गोल्ड स्पनसर रिगरस वेभ सर्भिसेस, सिल्भर स्पनसरमा वेभ एक्सपर्ट्स नेपाल र मेअसटरो एल एम एस् (थिमग्रिल), ब्रोन्ज स्पनसरमा योस्ट यसईयो, डब्ल्युपि एम एल, क्लाउडवेज तथा इन्द्रेणी कलेज रहेका थिए। कोड पिक्सेल्स, भिटो एजुकेशन, सन्वे कलेज, जेनेसिस वेभ टेक्नोलोजीज, पेकम, पठाओ, आशिष आमा होमस्टे, उबुन्टु डीडीई, उर्जा ल्याब, आशा हस्पिटल, वल्र्डलिंक तथा खल्तीले पनि सहयोग गरेका थिए ।

काठमाडौँ, पोखरा, भरतपुर, विराटनगर, वुटवल, धनगढी, बिरगंज लगायत देशका विभिन्न स्थानबाट आठ सय जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा देशका विभिन्न स्थानबाट झन्डै १०० जनाले आयोजक समितिमा रहि भब्य रुपमा सम्पन्न गर्न भूमिका खेलेका थिए र कार्यक्रम संचालन अर्जुन गुरुङ र अन्जली बरुवालले गरेका थिए ।

सम्मेलनको अन्त्यमा आगामी “वर्डक्याम्प नेपाल २०२४” पोखरामा गर्ने घोषणा गरिएको थियो । उक्त कार्यक्रममा १००० भन्दा बढीको सहभागिता रहने आयोजकले आंकलन गरेका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला