राष्ट्र निर्माणमा युवाशक्तिको भरपूर उपयोग गरिन्छ : बराल

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, १८ कार्तिक।

नेपाली कांग्रेसका युवा नेता एवं कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बराल चुनाव प्रचारप्रसार अन्तर्गत घरदैलौमा सक्रिय छन् । उनले पहिलो चरण अन्तर्गत आफ्नो क्षेत्रमा पर्ने वडाहरुमा पुगेर मतदाता भेटघाट गरिसकेका छन् । उनले बिहीबारदेखि दोश्रो चरणको घरदैलो शुरु गरेका छन् ।
उनी चुनावी मैदानमा ओर्लिएसंगै विशेषगरि युवाहरु उत्साहित भएका छन् । घरदैलोमा पुगेका उम्मेद्वार बरालले युवाहरुसंगको भेटघाटमा युवाका लागि विशेष योजना अघि बढाउने योजना सुनाएका छन् ।

उनले युवा नै परिवर्तनको वाहक भएकाले राष्ट्र निर्माणमा युवाशक्तिको भरपूर उपयोग गर्र्ने प्रतिवद्धता जनाएका छन् । बरालले आफ्नो प्रतिवद्धता पत्रमा पनि यस विषयलाई प्राथमिताकामा साथ राखेका छन् ।
‘युवाहरुमा राष्ट्रभक्ति, सृजना र स्वयंसेवी भावना जागृत गराई रुची, क्षमता र स्वभावनाका आधारमा उद्यमी बन्न प्रोत्साहित गरिनेछ’, उनले भने, ‘कृषि, पर्यटन लगायतका क्षेत्रमा युवालाई एकीकृत गर्ने विभिन्न कार्यक्रमहरु ल्याउने योजना छ ।’

साथै ‘नवप्रवर्तनमा युवा’ नामक कार्यक्रम सञ्चालन गरि स्वदेशी एवं वैदेशिक रोजगारीका लागि आवश्यक सीप प्रदान गर्ने उम्मेद्वार बरालको प्रतिवद्धता छ । यसका लागि विभिन्न क्षेत्रमा गठित युवा क्लवहरुलाई परिचालन गर्ने उनको योजना छ ।
आफ्नो निर्वाचन क्षेत्रका प्रत्येक वडामा खेलमैदान निर्माण गरि युवा खेलाडी उत्पादन गर्ने र माछापुच्छ«े रंगशालालाई स्तरोन्नति गरि सञ्चालनमा ल्याउने पनि बरालको प्रतिवद्धता छ ।
उपयुक्त स्थलमा प्याराग्लाइडिङ र बञ्जी जम्पिङजस्ता साहसिक खेलको प्रवद्र्धन गरी युवाको संलग्नतालाई प्रोत्साहन गर्नुका साथै खेलका क्षेत्रमा संलग्न भइ राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा पुगेका खेलाडीको जीविकोपार्जनको ग्यारेन्टी गर्ने उनको प्रतिवद्धता छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला