कृषि, पर्यटन र पुवार्धार नै सम्बृद्ध माछापुच्छ्रेको आधार – बराल

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, १८ कात्तिक ।
आगामी मंसिर चार गर्ने हुने प्रतिनिधि सभा निर्वाचनमा कास्कीको क्षेत्र नम्बर ३ बाट पाँच दलीय गठबन्धनका उम्मेदवार रामजीप्रसाद बरालले माछापुच्छ्रे गाउँपालिकाको विकासको लागि आफुले नयाँ अवधारणा अवलम्बन गर्ने बताएका छन् ।

गण्डकी प्रदेश सरकारका अर्थमन्त्री समेत रहेका बरालले माछापुच्छ्रेको विकासको लागि कृषि, पर्यटन र पुर्वाधार विकासमा नयाँ अवधारणा लागु गरेर उक्त ठाउँको विकास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पाँच दलीय गठबन्धनले आयोजना गरेका विभिन्न चुनावी अभियानमा बरालले यस्तो प्रतिवद्धता व्यक्त गरे । पालिका सदरमुकाम लाहाचोकमा भएको घरदैलो अभियानमा सहभागी हुँदै बरालले आफु जनताका आधारभुत आवश्यकता र समस्यासँग परिचित भएकोले आधारभुत आवश्यकता र समस्या समाधान गर्ने आफ्नो पहिलो प्राथमिकता भएको बताए ।
यसैगरीमाछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर ३ र १ का निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गर्दै बरालले यहाँको आवश्यकता भनेको कृषि, पर्यटन र पुर्वाधारको विकास भएको बताए ।

उक्त आवश्यकता आफ्नो पहिलो प्राथमिकता भएको पनि उनको भनाई थियो ।
प्रदेश सभा सदस्य तथा मन्त्री हुँदा पनि आफ्ले यस क्षेत्रको विकासमा भरमग्दुर प्रयास गरेको दावी गर्दै बरालले अब प्रदेश भन्दा फराकिलो क्षेत्रमा गएर जनताको सेवा गर्ने चाहना भएको उनको भनाई थियो ।

गठबन्धनका प्रदेश सभा सदस्यका उम्मेदवार दुर्गादत्त भण्डारीले रामजी बरालले शुरु गर्नुभएका विकासे योजना सम्पन्न गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताउँदै, जुन पार्टीले शुरु गरेको योजना हो, सोही पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिले गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला