कार्तिक २० गतेबाट पोखरामा नाटक ‘एक चिहान’ मञ्चन हुने

नगेन न्यूज
  • ख-
  • ख+

१८ कार्तिक, पोखरा ।
नाटक ‘एक चिहान’ पोखरामा मञ्चन हुने भएको छ । कार्तिक २० गते आइतबारबाट पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुने यो नाटक नेपाली गरीब किसान र मजदुरहरुको जीवनमा आधारित रहेको छ । सात्यिकार हृदय चन्द्र सिंह प्रधानले लेखेको उपन्यासलाई नाट्य रुपान्तरण गरेर नाटक तयार पारिएको हो । वि।स २०११ सालतिरको निम्न वर्गीय जीवनको यथार्थलाई नाटक एक चिहानमा प्रस्तुत गरिएको छ ।

गरिबी, वाध्यता र विवशताको परिवेशमा निम्न वर्गीय जीवनका जटिलता र संघर्ष प्रस्तुत भएको यस नाटकमा विशेष गरि नेवारी समुदायको पारिवारिक परिवेश देखाइएको छ ।
प्रजातन्त्र प्राप्ति पछि विस्तारै मौलाउदै गएको प्रगतिशिल सोचको परिवेश, सास्कृतिक सम्मिश्रण, समावेशी र समानताको लागि आवश्यक परेको तथ्य, रुढिबादी र अन्धविश्वासले नेपाली समाजलाई नछाडेको वास्तविकता नाटकभित्र अनुकुल घटनाक्रम र स्वभाविक पात्रको परिवेशबाट व्यक्त गरिएको छ । त्यसोत लेखक प्रधान नेपाली साहित्यका उपन्यास, नाटक, निबन्ध, समालोचना, कथा, व्याकरणजस्ता वाङ्मयका विविध क्षेत्रमा कलम चलाउने बहुमुखी व्यक्तित्व हुन् ।
उनका साहित्यको उपन्यास विधामा स्वास्नीमान्छे र एक चिहान–गरि दुई मात्र कृति प्रकाशित छन् । यी उपन्यासका माध्यामबाट प्रधानले लेखनकालिन नेपाली समाजका नारीहरुले भोग्नु परेका यातना, किसानहरु माथीको आर्थिक शोषण, सामाजिक अन्धविश्वास र त्यस प्रकारका विकृतिहरुबाट मुक्तिको मार्ग निर्देश गरेका छन् ।


प्रधानको उपन्यास कृति एक चिहान माध्यामिक तहको अनिवार्य नेपाली विषयमा समेत समावेश गरिएको छ ।

उपन्यासलाई नाट्य रुपान्तरण तथा निर्देशन पोखरा थिएटरका अध्यक्ष परिवर्तनले गर्नेछन् । एक चिहान पाठ्यपुस्तकमा समावेश भएकोले उपन्यासको नाट्य रुपान्तरणले विद्यार्थी लाभान्वित हुने विश्वास लिएको निर्देशक परिवर्तनले बताए । नाटक मञ्चनको सम्पूर्ण तयारी पुरा भएको उनले जनाए । पोखरा थिएटरको प्रस्तुतीमा तयार पारिएको नाटकमा जनक पराजुली, रोशनी रामदाम, रविन्द मल्ल, पासाङ ल्हामु शर्मा, सोनिया कार्की खत्री, सन्देश कार्की, गोपाल भुषाल, दिपशना विश्वकर्मा, धनकाजी श्रेष्ठ, शुशिल बराल, सरोज तिवारी, अमृत राना मगर, अञ्जु दाहाल लगायतका कलाकारको अभिनय हेर्न पाइन्छ । विद्यार्थीलई लक्षित गरेर मञ्चन गर्न लागिएको नाटकलाई बुकिङ सो मार्फत धेरै विद्यार्थीमाझ पु¥याउने लक्ष्य राखेको थिएटरले जनाएको छ । विद्यालय र विद्यार्थीले चाहेको समयमा नाटक मञ्चन गर्ने थिएटरको तयारी छ । यो नाटक यस भन्दा अगाडि समेत पोखरा थिएटरमा मञ्चन भएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला