‘समृद्धिका पाँच आधार : पर्यटन, कृषि,उद्यमशीलता र पूर्वाधार’

नगेन न्यूज
  • ख-
  • ख+

कात्तिक १८, पोखरा ।
कास्की जिल्ला क्षेत्र नं. २ (२) बाट गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नेता विन्दु कुमार थापाले गण्डकी प्रदेश समृद्धिका पाँच आधार पर्यटन,कृषि, उद्यमशीलता र पूर्वाधार भएको बताएका छन् । पोखरा २० को गठबन्धनको सम्पर्क कार्यालय उदघाटन गर्दै थापाले यिनै पाँच आधारबाट नै जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्न सकिने बताए ।

‘गण्डकी प्रदेश समृद्धिका पाँच आधारलाई आत्मसाथ गर्दै चुनावी मैदानमा छु । पर्यटन, कृषि,उद्यमशीलता र पूर्वाधार विकास नै समृद्ध प्रदेशका आधार हुन् । अबको पाँच वर्ष यसमै टेकेर काम गर्नेछु ।’, उनले भने ।
उनले गण्डकी प्रदेशमा १२ हजार मेगावट विद्युत उत्पादन गर्ने क्षमता भएता पनि अहिले सम्म त्यसको उचित प्रयोग गर्न नसकिएको र आफु निर्वाचित भएपश्चात सो कार्यलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

थापालाई पोखरा २० का मतदाताको पूर्ण समर्थन छ । निर्वाचन क्षेत्रका नागरिकको घरदैदलोमा पुगेर समस्या सुन्ने र आफ्ना प्रतिबद्धता प्रस्तुत गर्न तर्फ थापाको सक्रियता बढ्दो छ । कार्यक्रममा निर्वाचन कमिटीका संयोजक चोलेन्द्र पौडेल लगायतले बोलेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला