माछापुच्छ्रे गाउँपालिकाका स्थानियले गरे एमाले उम्मेरवारलाई भोट दिने वाचा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, १८ कार्तिक ।
माछापुच्छ्रे गाउँपालिकाका स्थानियले एमाले उम्मेदवारहरुलाई जितको लागि शुभकामनासहित फेरी पनि अविर लगाउन पाईयोस भन्दै आर्शिवाद दिएका छन् । आगामी मंसिर ४ मा हुने निर्वाचनमा नेकपा एमालेको तर्फबाट क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर पौडेल वैरागी र ३ (क) बाट प्रदेश सभा सदस्य उम्मेदवार गणेशमान गुरुङलाई गाउँपालिकाका विभिन्न वडामा भएको घरदैलोका क्रममा स्थानियले भोट दिने वाचा गर्दै जितको लागि शुभकामना दिएका हुन् । तर, जितपछि आफनो गाउँमा विकासको पूर्वाधार निर्माण गरिदिनुपर्ने उनीहरुको माग छ ।

माछापुच्छ्रे गाउँपालिकाको विकट वडाका रूपमा रहेको वडा नम्वर ८ मा पर्ने कालीमाटी गाउँ लेक नै भएकाले आफूहरुले धेरै दुख पाएको स्थानिय समाजसेवी तथा आमा समूहकी अध्यक्ष रत्ना तामाङले बताईन् ।
आफूले सञ्चालन गरेको होमस्टे देखाउँदै उनले होमस्टेसम्म पर्यटकहरु आउनको लागि बाटो निर्माण गरिदिन आग्रह गरिन् । उनले भनिन् ‘गाउँमा बाख्रा पाठा,घिउ,दुध वेचेर भए पनि हामी विकासको लागि लगानी गर्छौ, तर यहाँ पूर्वाधार विकास गरिदिुनुपर्यो ।’

कास्की ३(क) अन्तर्गत माछापुच्छ्रे गाउँपालिकाका वडा नम्वर ८,९,६ नम्वर वडाहरुमा भएको घरदैलो कार्यक्रममा उम्मेदवार गणेशमान गुरूङले कालीमाटीमा पशुपालनको सहजताका लागि पुर्खाहरु बसेको स्मरण गर्दै अव पशुपालन मात्र हैन्, हरेक विकास निर्माणका लागि भरपुर सहयोग गर्ने बताए । उनले गाउँमा बन्दै गरेको मन्दिर, सडक बाटो निर्माण, सामुदायिक भवन निर्माण, होमस्टे सञ्चालन, बत्ती, खानेपानी लगायतका क्षेत्रमा आफ्नो ध्यान जाने तथा स्थानियको माग सम्वोधन गर्ने वाचा गरे । जसका लागि सूर्य चिन्हमा भोट दिएर एमाले उम्मेदवारमा जिताउन उनको आग्रह छ ।

उनले स्थानियका सुझाव र सल्लाह अनुसार नै सडक, पर्यटन, कृषि उत्पादन र रोजगारी वृद्धिलाई आफूले प्राथमिकतामा राखेको उल्लेख गरे ।
घरदैलो कार्यक्रममा प्रतिनिधि सभा उम्मेदवार दामोदर पौडेल बैरागी, नेकपा (एमाले), गण्डकी प्रदेश सचिवालय सदस्य दीपक पौडेल, एमाले प्रदेश कमिटिका सचिवालय सदस्य जगन्नाथ बास्तोला,प्रदेश सदस्य तर्कमान गुरूङ ,क्षेत्र नम्वर ३ प्रचार संयोजक पुण्य पौडेल लगाएतको उपस्थिति रहेको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला