पोखरा ३३ र २० मा गठबन्धनका उम्मेद्वारको घरदैलो, गुनासा सुन्दै र प्रतिवद्धता जनाउँदै उम्मेदवार

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, १८ कार्तिक ।
कास्की–२ मा गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार र प्रदेशसभा सदस्य पदका उम्मेदवारले घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् । क्षेत्र नम्बर २ प्रतिनिधिसभा र प्रदेश (क) को घरदैलो कार्यक्रम पोखरा ३३ मा जारी छ भने प्रदेश (ख)को घरदैलो कार्यक्रम पोखरा २० मा जारी रहेको कास्की पाँचदलीय गठबन्धन क्षेत्र नम्बर २ प्रचारप्रसार समितिले जानकारी दिएको छ ।

प्रचारप्रसार समितिका संयोजक केशर निर्दोशीका अनुसार प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बराल, प्रदेश (क)का उम्मेदवार विश्वप्रकाश लामिछाने, कांग्रेसको तर्फबाट प्रदेशसभामा समानुपातिक तर्फका उम्मेदवार लक्ष्मी पाण्डेसहित पाँच दलीय गठबन्धनका नेता र कार्यकर्ता अहिले बागमाराको सिपलिङटारबाट चिरघारी तर्फ घरदैलो कार्यक्रममा सहभागी छन् । पोखरा ३३ का विभिन्न ठाउँमा आज घरदैलो हुनेछ ।

घरदैलोको क्रममा स्थानीयले आफ्नो ठाउँका समस्या र गर्नुपर्ने कामका बारेमा सुनाएका छन् । धुलोबाटोले आफूहरुको स्वास्थ्य अवस्था नाजुक बनाएको र सिंचाई सुविधा नभएको लगायतका समस्या स्थानीयले बताएका छन् । स्थानीय सुकुमायाँ तामाङले सडक स्तरोन्नती गर्न गठबन्धनका दल र उम्मेदवारलाई आग्रह गरिन् । उनले विगतमा जिताएर पठाएका प्रतिनिधिले फर्केर नहेरेको गुनासो गर्दै गठबन्धनका तर्फबाट उम्मेदवार बनेका बराल र लामिछानेमा अहिले आफूहरुले भरोसा गरेको बताइन् ।

गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य बरालले विगतमा जनअपेक्षा अनुरुप काम नभएकाले नै आफूहरु विद्रोह गरेर आउनुपरेको बताए । उनले जनताको काममा निरन्तर खट्ने प्रतिवद्धता जनाउँदै स्थानीय जनताको साझा समस्या सम्बोधन गर्ने धारणा राखे । ‘विगतमा म आफैले पनि यहाँ भोट माग्न आएको हो । हामीले जिताएकाले तपाई हाम्रो अपेक्षा पुरा नगरेकैले म आफै उम्मेदवारको रुपमा आएको छु । हामी पाँच दलकै तर्फबाट संयुक्त रुपमा प्रतिवद्धता जनाउँछौं । खासगरी उम्मेदवारको नाताले म तपाईहरुले जिताएपछि तपाईकै समस्या समाधान गर्न तल्लिन हुनेछु । यहाँको बाटोघाटोको स्तरोन्नति, किसानका समस्या समाधान गर्ने, तपाईहरुकै जीवनस्तर उकास्न लागिपर्ने छु’ उनले भने ।
प्रदेश (क)का उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता विश्वप्रकाश लामिछानेले आफूहरु जे बोल्ने त्यो गर्ने उम्मेदवार रहेको बताए । उनले स्थानीयको समस्या सुनेको र त्यसको अनुभुति पनि गरेकाले समस्या समाधान गर्न लागिपर्ने बताए । कृषिको आधुनिकिकरण, बाटोको स्तरीकरण र जनताको जीवनयापनलाई सहज बनाउन आफू र सिंगो गठबन्धन लागि पर्ने उनले प्रतिवद्धता जनाए ।
यता कास्की २ (ख)का प्रदेशसभा सदस्य पदका उम्मेदवार विन्दु कुमार थापासहितका गठबन्धनका नेता कार्यकर्ता पोखरा २० मा घरदैलो गरिरहेका छन् । पोखराको भलामको तल्लो चौरमा चलिरहेको घरदैलो चलिरहेको छ । २० मा घरदैलो कार्यक्रम लिएर उम्मेदवार पुग्दा स्थानीय उत्साहित देखिएका छन् । उनीहरुले आफूहरुको समस्यासंग जानकार जनप्रतिनिध अघिल्लो कार्यकालमा पाएको र काम पनि भएको अनि थप काम गर्ने जिम्मेवारी पनि आफूहरुले थापालाई नै दिने बताए ।

स्थानीय हरि खत्रीले आफूहरुलाई मुख्य समस्या खानेपानी रहेको बताए । उनले डोकोमा गाग्रो बोकेर जानुपर्ने बाध्यता रहेको दुखेसो पोखे । बाटो पुगेको तर खानेपानीको अभावका कारण आफूहरु समस्यामा रहेको उनले बताए ।
उम्मेदवार थापाले खानेकापानीको समस्या समस्या समाधान गर्र्नेगरी आफूहरुले योजना ल्याएको जानकारी दिए । भलामवासीको आवश्यकता अनुरुपको विकास पूर्वाधार निर्माणमा आफू पहिलो कार्यकालमा पनि लागेको स्मरण गर्दै उनले दोस्रो कार्यकालमा अधुरा काम पुरा गर्ने प्रतिवद्धता जनाएका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला