भलाम र्यालेचौरका मतदाताको थापालाई आग्रह ‘चेक ड्याम बनाइदेउ’

नगेन न्यूज
  • ख-
  • ख+

कातिक १८ पोखरा ।
गण्डकी प्रदेश सभासदस्य क्षेत्र नं.२ ‘ख’ का उम्मेदवार विन्दु कुमार थापालाई मतदाताले पहिरो नियन्त्रणका लागि चेकड्याम बनाइदिन आग्रह गरेका छन् ।
बिहिबार पोखरा महानगरपालिका वडा २० भलामको र्यालेचौरमा मतदाता भेट्न पुगेका थापालाई मतदाताले आफुहरुको आशा र भरोसा दुवै थापामाथि रहेको भन्दै चेकड्यामको काम गरिदिन आग्रह गरेका हुन् । उनीहरुले आफ्नो मत दिने प्रतिबद्धता व्यक्त गर्दै थापालाई समेत आफ्नो चेक ड्याम निमार्ण गरिदिन आग्रह गरेका हुन् । स्थानीय समस्या बताउँदै उनीहरुले रोए पनि कराएपनि माया गरेपनि थापालाई नै गर्ने बताए ।

मतदाताको समस्या बुझ्दै थापाले त्यहाँ पहिरो नियन्त्रणका लागि आफुले सकेको गर्ने र विजयी भएमा थप योजना पारेर स्थानीयलाई खुसी दिलाउने बाचा गरे । उनले भलाममा रहेका विद्यालयको स्तरोन्नति, सांस्कृतिक क्षेत्रको पहिचान गरि आन्तरिक तथा बाह्य पर्यटकको आगमनका लागि प्रयास गर्ने सुनाए । ‘यो पाँच वर्ष प्रदेशको बाल्यकाल रह्यो । हामी संरचना र नीति निमार्णमै भुल्यौ ।

प्रदेशको जग बसिसक्यो अबको कार्यकाल सम्वृद्धि र विकासका लागि हो’, उनले भने,‘प्रदेशप्रति तपाईँहरुको जे आकांक्षा छ त्यो पुरा गर्छौ ।’ आफ्नो अघिल्लो कार्यकालमा शुसासन र भ्रष्टचार न्युनिकरणका लागि गरेको कामले आफुले जनताको मन जितेकाले यो पटक समेत साथ पाउनेमा आशावादी रहेको सुनाए ।
बजारबाट नजिक रहेपनि भलाममा अझै विकासका लहर आउने बाकिँ रहेको उनको भनाई रहेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला