जनताका चासो, गुनासो र आशालाई पुरा गर्ने पार्टी एमाले मात्रै

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा,१५ कार्तिक ।
नेकपा (एमाले) को तर्फबाट कास्की क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनबहादुर गुरूङले जनताका चासो, गुनासो र आशालाई पूरा गर्ने पार्टी एमाले मात्रै भएको बताएका छन् ।

रूपा गाउँपालिका वडा नम्बर ५ मा उम्मेदवार भेटघाट तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै गुरूङले एमाले जनताको पार्टी भएको बताए ।
एमाले कास्कीका अध्यक्ष समेत रहेका उम्मेदवार गुरूङले गठबन्धनले देशमा समस्या मात्रै सिर्जना गरेको बताउँदै देशमा समृद्धि ल्याउन एमालेको जित अनिवार्य रहेको स्पष्ट पारे ।

कास्की क्षेत्र नम्वर १ (क) प्रदेश सभा सदस्यका उम्मेदवार खगराज अधिकारीले एमाले सबैको साझा पार्टी भएको बताउँदै मंसिर ४ गते हुने निर्वाचनमा तुलनात्मक रूपमा राम्रो नतिजा ल्याउने दाबी गरे ।

अन्य राजनीति पार्टी भन्दा तुलनात्मक रूपमा एमाले बलियो रहेको यस क्षेत्रमा अहिले उम्मेदवार भेटघाट कार्यक्रमलाई तीव्रता दिइरहेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला