पोखरा २१ र ३३ लाई ग्रीन हिल सिटीको रुपमा विकास गर्ने एमाले उम्मेदवार कार्कीको योजना

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, १२ कार्तिक ।
नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्य कास्की निर्वाचन क्षेत्र नम्वर २ (१) का प्रत्यासी उम्मेदवार भिम बहादुर कार्कीले गण्डकी प्रदेशका तीन जिल्ला कास्की, स्याङ्जा र तनहुँको संगमस्थलको रूपमा रहेका महानगरका दुई वडा पोखरा २१ र ३३ लाई महत्वपूर्ण केन्द्रको रूपमा विकास गर्ने गरी कामका योजना अगाडी बढाउने बताएका छन् ।

विगतमा सुरुवात भएका महत्वपूर्ण काम पुरा गर्ने र सो दुई वडाको एकीकृत विकास मार्फत स्याङ्जा , कास्की र तनहुँको महत्वपूर्ण सुविधा सम्पन्न ग्रीन हिल सिटीको रूपमा विकास गरिने भन्दै त्यसका लागि एमालेको बहुमत सहितको प्रदेश र केन्द्र सरकार आवश्यक भएको उल्लेख गरे ।

आफ्नो निर्वाचन क्षेत्र कास्कीको दक्षिणी भेगमा पर्ने पोखरा २१ र ३३ का जनतासँग साक्षात्कार गर्ने क्रममा कार्कीले जनस्तरको सहभागितामा विकासका महत्वपूर्ण पूर्वाधारउन्मुख हुँदै गरेका सो वडाहरुका ग्रामीण क्षेत्रको समृद्धि पहिलो प्राथमिकता राख्ने उल्लेख गरे ।
कृषि र पर्यटनको प्रचुर विकासको संभावना रहेको सो वडाहरूलाई आत्मनिर्भर वडा बनाउने उनको प्रतिबवता छ ।

हिजोका आफ्नो पार्टीका निर्वाचनका घोषणापत्र र यो निर्वाचनका घोषणापत्रमा न्युनतम पूर्वाधार सहित स्याटेलाइट सिटी निर्माणको जग निर्धारणका लागि एकीकृत विकासको मोडल मुताविक सो अवधारणा अघि सारेको उल््लेख गरे ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला