पोखरा ३१ मा एमालेको १ हजार १ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, ५ कात्तिक ।
नेकपा एमाले पोखरा महानगरपालिका वडा नम्बर ३१ मा १ हजार १ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरिएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचन लक्षित उम्मेदवार भेटघाट तथा चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रमसँगै शनिवार निर्वाचन परिचालन कमिटि गठन गरिएको हो ।

कार्यक्रममा नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्वर १ का प्रतिनिधि सभाका प्रत्यासी उम्मेदवार मनबहादुर गुरूङले विधि र पद्धतिमा चल्ने एक मात्र पाटी एमाले भएकोले देशको विकास गर्नको लागि एमालेलाई जिताउनुको विकल्प नभएको बताए । उनले एमाले दुःखी र गरिवको पाटी भएको बताउँदै भूमिहिनका समस्या समाधान गर्ने पाटी एमाले मात्रै भएको जिकिर गरे ।

देशमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन नआएकोले अवस्थामा परिवर्तन ल्याउने पाटी एमाले बाहेक अर्को विकल्प नभएको उनको भनाई छ । उनले देशमा विकासको मुल फूटाउन एमालेलाई बहुमतले विजय गराउन अनुरोध गरेका छन् ।

कार्यक्रममा नेकपा एमालेको तर्फबाट कास्की १ (क) का प्रदेश सभाका उम्मेदवार खगराज अधिकारीले आशा र विश्वसनियता भएको पाटी एमाले भएको बताउँदै अव बन्ने एमालेको प्रदेश सरकारले गण्डकी प्रदेशमा विकासको लहर ल्याउँने बताउँदै यसको लागि एमालेलाई बहुमतले विजयी गराउन मतादातासँग आग्रह गरे ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला