अमेरिकामा कोलाजमा जम्दै नेपालका राजु लामिछाने

नगेन न्यूज
  • ख-
  • ख+

पुरानो अखबारलाई नयाँ जीवन दिनु फोहोरलाई सुन्दर कलामा परिणत गर्नुले लेखनाथका हाल अमेरिका रहनु भएका राजु लामिछानेलाई ठूलो आनन्द र सन्तुष्टि दिन्छ ।

शास्त्रीयकला शिक्षा र अनुभवलाई अखबार कोलाजमा उतार्नु एक चुनौतीपूर्ण माध्यम रहने बताउने राजु वर्षौंको अभ्यास र प्रयोग पछि, आफूलाई एक समर्पित पत्रिका कोलाज कलाकारको रूपमा चिनाउन पाउँदा खुसी रहेको बताउनुहुन्छ ।

सामान्यतया फोहोरको रूपमा समाप्त हुने पत्रिकाबाट चराचुरुङ्गी, जनावर र प्रकृतिसिर्जना गरेको कलामा प्रस्ट देखिन्छ । यसरी कामगर्दा आाफुलाई आशावादी बनाउने र सकारात्मकऊर्जा दिने बताउदै लामिछाने यसले अरूलाई पनिऊर्जा दिने अनावश्यक सामग्रीहरूको बारेमा रचनात्मक सोच्न प्रेरित गर्ने आशा गर्नुहुन्छ ।

राजु लामिछाने नेपालको एउटा सुन्दर र दुर्गम गाउँमा परम्परागत नेपाली परिवारमा जन्मेको सम्झदैं माटो र बालुवासँग खेल्दा र ढुङ्गा र काठबाट आफ्नै खेलौनाहरू बनाएपछि कलात्मक रचनात्मककाम सुरु गरेको जानकारी दिनुहुन्छ । विद्यार्थी जीवनमापनिआफ्नो कलाप्रतिको लगावले विज्ञान र प्रविधिबाट टाढा लगेर ललितकलाकलेजमा पु¥याएको जहाँ लामिछानेले ललितकलामा स्नातकतह पूरा गरेको बताउनुभयो ।

५० बर्षका राजु जीवनको लगभगआधा समय यही क्षेत्रमाबिताएको बताउदैं कलाकृतिबाट पाएको पुरस्कार र सम्मानले सधैं यस क्षेत्रमाकाम गर्न उत्प्रेरित गरेको जनाउनुहुन्छ । फुर्सदको समयमा अमेरिकाकाकलाग्यालरीहरू घुम्ने र कला खरीददारहरूले किन्नचाहने कलासिर्जना गर्ने गरेको बताउनुहुन्छ ।

अमेरिका गएपछि सबै कुरा परिवर्तन भएको र जीवनले अर्को आकार लिएको बताउने लामिछाने फरक देशमा बस्न निकै चुनौतीपूर्ण भएको बताउदैं आफ्नो कलालाई पूर्वी शैलीबाट अमेरिकी शैलीमा रूपान्तरण गर्न केही कठिनाइ महसुस गरेको अनुभव सुनाउनुहुन्छ । उहाँले कुनै प्रतिबन्धबिनाकलासिर्जना गर्न थालेको र सामान्यतयाबाहिर फ्याँकिएका केही सामग्रीहरू प्रयोग गर्न थालेको र प्रयोग गरिएको न्यूजप्रिन्ट, जंक मेल, बोट र रूखकापातहरू, प्याज र लसुनकाबोक्राहरू र कलाकार्यमा प्लास्टिकका बोतलहरू पनिप्रयोग गरि कलासिर्जना गरेको बताउनुहुन्छ ।

राजु प्रायःआफ्नो कलाकृतिग्यालरी, वातावरण सम्बन्धी मेला र शोहरूमाप्रदर्शन गर्ने जानकारी दिदैं मानिसहरूले आफ्नो कलालाई मन पराउनथालेकाले धेरै सकारात्मकप्रतिक्रियापाएको बताउनुहुन्छ । उहाँले मानिसहरूले आफ्नो कलाकृति देखेपछि तिनीहरू आफैले कलासिर्जना गर्न र फ्याकिएकाचीजहरू पुनप्रयोग गर्न सक्ने आशा राख्नुहुन्छ ।

लामिछानेले फाइन आर्ट अर्कै तरिकाले सिकेको र जहाँ प्रस्तुतिले आफ्नो भावनालाई त्यति राम्रोसँग व्यक्त गर्न नसकेको तर अब आफूलाई मन पर्ने कुराहरू सिर्जना गर्न स्वतन्त्र रहेको र आफूले महसुस गरेको कुरा व्यक्त गर्न सहजभएको बताउनुहुन्छ । उहाँले कलाकहिल्यै पुर्ण बन्दैन र आफुले सुधार गर्ने प्रयास जारी राख्ने बताउनुहुन्छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला