उम्मेदवार भट्टराईको स्वास्थ्यमा क्रमिक सुधार

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, ४ कात्तिक ।
नेकपा एमाले केन्द्रीय सदस्य एवं कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । डेङगु संक्रमण भई पोखरास्थित मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्ष (आसियु) मा उपचाररत उहाँको स्वास्थ्यमा सुधार भएको अस्पताल श्रोतले जनाएको छ ।
उपचारमा संलग्न अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ चन्द्रप्रकाश आचार्यका अनुसार स्वास्थ्य अवस्था सामान्य हुदै गए पनि केही दिन आराम गर्नुपर्ने बताए ।

नेकपा एमाले कास्की सचिवालय सदस्य एवं निर्वाचन क्षेत्र नं. २ प्रचार प्रसार संयोजक झपट रानाभाटले शुक्रवार एक प्रेस विज्ञप्ति प्रकाशित गरि उम्मेदवार भट्टराईको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

मंसीर ४ गते हुने निर्वाचनको कार्यक्रम अन्तर्गत यही कात्तिक १ गते पोखरा १७ र ८ को निर्वाचन परिचालन कमिटि कार्यालयको उद्घाटन समारोहमा सहभागि हुँदाहुँदै अचानक शरिर कमजोर हुँदै गएपछि उपचारको लागि अस्पताल भर्ना भएकी हुन् ।
अस्पताल श्रोतका अनुसार स्वास्थ्यका सवै परिसूचकहरु सुधारउन्मुख र सकारात्म रहेको विज्ञप्तिमा उम्मेदवार भट्टराई छिट्टै मतदाताको घरदैलो कार्यक्रममा सहभागि हुने भनिएको छ ।
उपचारमा संलग्न अस्पतालका वरिष्ठ छाती रोग बिषेशज्ञ चन्द्रप्रकाश आचार्य लगायतका सम्पूर्ण टिमलाई रानाभाटले विज्ञप्ति मार्फत धन्यवाद ज्ञापन गरेका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला