
काठमाडौं। अमेरिकाको उच्च–स्तरीय संसदीय टोली नेपालको औपचारिक भ्रमणको सिलसिलामा आज काठमाडौं आइपुगेको छ।
नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औँ वर्ष पुगेको अवसरमा उनीहरु नेपाल भ्रमण गर्न आएका हुन्।
काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार सिनेटर किर्स्टन जिलिब्रान्ड (न्यूयोर्क)को नेतृत्वमा टोली नेपाल आएको हो।
उत्त टोलीमा सिनेटरहरू शेल्डन ह्वाइटहाउस (रोड आइल्याण्ड), कोरी बुकर (न्यू जर्सी), मार्क केली (एरिजोना) र प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स ९१७औं कङ्ग्रेसनल डिस्ट्रिक्ट, न्यूयोर्क० रहेका छन्।
अमेरिकी संसदीय टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य सरकारी अधिकारी तथा राजनीतिक नेतृत्वसँग भेटघाट गरेर विभिन्न विषयमा छलफल गर्ने दूतावासले जनाएको छ।