पोखरा आर्ट क्याम्प सम्पन्न, एनवी गुरूङलाई IWS GLOBE FOR THE LETTER

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा। अन्तर्राष्ट्रिय पानी रङ समाज (IWS) नेपालको आयोजनामा गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा नेपाल सहित विभिन्न चार देशका कलाकारको सहभागितामा पोखरामा पोखरा आर्ट क्याम्प सम्पन्न भएको छ । नेपालबाट ९०, बङ्गलादेशका १७, भारतका ८ र इरानका ६ जना कलाकारले सहभागिता जनाएका छन् । आर्ट क्याम्प अन्तर्गत शनिबार भारत, बङ्गलादेश र नेपाललका १२ जना प्रसिद्ध कलाकारले प्रत्यक्ष कला ‘डेमोष्ट्रेसन’ गरेका छन् ।

दोस्रो दिन आइतबार कास्कीको माछापुच्छे गाउँपालिकाको घाचोकमा दृश्य क्यान्भासमा उतार्ने गरी कार्यशालामा सहभागी आगन्तुकलाई घाटुलगायत नाच देखाएर मनोरञ्जन प्रदान गर्न स्थानीयवासी हौसिहाल्छन्। आइतबार स्थानीय परिकारसहित मौलिक संस्कृति र परम्पराका स्वाद पस्किएर गाउँलेले कलाकारलाई भरपुर मनोरञ्जन दिए। आइतबार साँझसम्मै हिमशृङ्खलालाई क्यान्भासमा उतार्ने स्वदेशी तथा विदेशी कलाकारको चाह भने पूरा हुनै पाएन। त्यसैले कलाकारले अली खल्लो महसुस गरिरहेका देखिए।

कलाकारले तत्कालै मात्र चित्र सिर्जना गर्दैनन्। उनीहरुले क्यामेरामा कैद गरेका तस्वीर घरमै पुगेर पछिसम्म पनि सिर्जना गरिरहेका हुन्छन्। त्यसले कयौँ वर्ष पर्यटक प्रवर्द्धनमा सघाउ पुर्‍याइरहने IWS Nepalका अध्यक्ष तथा कार्यक्रम मूल आयोजक समितिका संयोजक एनवी गुरूङले बताए। ‘पोखरा घुमौँ र पोखराको प्राकृतिक सौन्दर्यलाई चित्रण गरौँ’ भन्ने नाराका साथ आयोजना भएको हो । पोखरा आउन पाउदा र पोखराको प्राकृतिक सुन्दरतालाई चित्रमा कोर्न पाउँदा विदेशी कलाकाहरुले पनि खुसी व्यक्ति गरे ।

ललितकलाको क्षेत्रमा महत्वपूर्ण कार्यक्रम गर्दै आएको आइडब्लुएस नेपालले यसअघि काठमाडौँ, घान्द्रुक र लुम्बिनीमा अन्तर्राष्ट्रिय जलरङ महोत्सव सम्पन्न गरिसकेको छ ।

 

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला