SOUL OF INFINITY आत्मा, अंतरात्मको अनन्तता : कला प्रदर्शनी

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।  Alcohol Marker fluid Art ( Loose technique), smart Art को जन्म दाता बरिष्ठ कलाकार हरेराम जोजु र बरिष्ठ मनोचिकित्सक प्रा.डा.निर्मल लामिछाने मिलेर Soul of Infinity डिजिटल आर्ट एक्जिबिसन गरेका हुन् ।

अति छाेटाे समयमै स्थापित कलाकार बन्न सफल हुनु भएकाे वरिष्ठ मनाेचिकित्सक प्रा डा निर्मल लामिछानेले अाफ्ना कलाकृतिहरुकाे प्रदर्शनी गर्नुभएकाे छ ।   पाेखरा १२ माटेपानी स्थित एस आर के सी क्याटरिड.मा सोल अफ इन्फिनिटी अ डिजिटल आर्ट एक्जिबिसन आत्मा, अंतरात्मको अनन्तता : नाम दिइएको प्रदर्शनिको मुख्य अतिथि डा लामिछानेका माता गंगादेवी लामिछाने, अभिभावक डा पदमराज शर्मा र बरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायानले संयुक्तरुपमा शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा स्वागत गर्दै डा लामिछानेले कलाकार जोजूबाट उत्प्रेरित भई यस प्रकारको कला पहिलो पटक प्रयास गरेको बताए । उपचार प्रयोजनमा आर्ट थेरापीको कुरा सुने पनि व्यबहारमा पहिलो प्रयोग गरेको उनले बताए ।

Alcohol Marker fluid Art ( Loose technique), smart Art को जन्म दाता बरिष्ठ कलाकार जोजुले डिमेन्सिया प्रभाबित आफ्नी दिदीको उपचारको सिलसिलामा डाक्टर निर्मलसंग भेट भए पछि डिजिटल आर्टमा सहकार्य गर्ने वातावरण सिर्जना भएको स्मरण गरे । अन्तर्राष्ट्रिय स्तरमा सन् १९५० को दशकमा डिजिटल आर्ट र सन् १०१४ देखि न्युरोग्राफी आर्ट शुरु भए पनि नेपालमा पहिलो प्रयास भएको जानकारी दिए ।

डिजिटल चित्र कम्प्युटर जेनेरेटेड चित्रकला हो। संसार भरी कम्प्युटर अथवा स्मार्ट मोबाइल फोनहरु बाट सजिलै सित डिजिटल माध्यमबाट विभिन्न कम्प्युटर अथवा मोबाइल मा सहयोग गर्ने PROGRAMME तथा APP हरुको मद्दतबाट चित्रहरु तयारि गरी त्यसलाई प्रिन्ट गरेर डिस्प्ले, प्रदर्शनी हरु हुने गर्दछन् । संबहत नेपालमा यो पहिलो हो । प्रस्तुत प्रदशनिमा यहाँ हामीले आफ्नो चित्रहरुलाई फोटो खिचेर अथवा स्क्यान गरेर कम्प्युटर, मोबाइल फोनमा डाउनलोड गरि चित्रहरुलाई परिस्कृत पार्न इनहांस गर्न प्रोग्राम र एपको मद्दतले मेनूपुलेट गरि चित्र तयार पारेका छौं । त्यसरी तयार गरियको चित्रलाइ डिजिटल प्रिन्टरको माध्यमबाट प्रिन्ट गरि यहाँ प्रस्तुत गरिएको छ ।

बि.जि.हस्पिटल र गण्डकी मेडिकल कलेजमा कार्यरत प्रा.डा. निर्मल बरिष्ठ मनोचिकित्सक र हरेराम जोजू  Alcohol Marker fluid Art ( Loose technique), smart Art को जन्म दाताको रुपमा परिचित छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला