
काठमाडौं ।
अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेको केन्द्रीय संस्कृति विभागको सदस्यमा मनोनीत हुनुभएको छ ।
गत चैतमा एमाले प्रवेश गर्नुभएको अभिनेत्री मानन्धरलाई एमालेले साहित्य, कला तथा संस्कृति विभाग सदस्यको जिम्मेवारी दिएको हो ।
एमाले प्रवेश गरेपछि मानन्धर एमालेका गतिविधि र कार्यक्रमहरूमा सक्रिय हुँदै आउनुभएको छ ।
करिश्माले पनि आफूलाई पार्टीले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने बताउदैं पार्टीको जिम्मेवारी पूरा गर्न पाउनु अवसर भएको बताउनुभयो ।
यो विभागका प्रमुख रघुजी पन्त र सचिव राजेश थापा हुनुहुन्छ ।