जाईकाका प्रमुख र पोखरा महानगरका प्रमुख आचार्य बिच भेटवार्ता

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २६ भदौ ।
जापानी सहयोग नियोग (जाइका) का प्रमुख ओकुबो अकिमित्सु सहितको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित महानगरको प्रतिनिधि मण्डलसंग भेटघाट गरेको छ । प्रमुख आचार्यको कार्यकक्षमा भएको भेटघाटमा जाइकाद्वारा सञ्चालित खानेपानी आयोजनाको हालसम्मको प्रगति र समस्याहरूको बारेमा छलफल भएको छ ।
पोखराको खानेपानी व्यवस्थापनका लागि लाइन विस्तारको काम गरिरहेको जाईकाले करिब ८८ प्रतिशत काम सम्पन्न गरेको बताएको छ । सडक विभाग अन्तरगतका सहरी सडकमा लाइन विस्तार र र्पस्याङ–सिद्धार्थचोक खण्डमा केही प्राविधिक समस्या देखिएकाले सो समस्या समाधानका लागि सम्बन्धित सरोकारवाालहरुसंग आवश्यक समन्वय गरिदिन ओकोबु नेतृत्वको टोलीले महानगरका प्रमुख आचार्यलाई आग्रह गरेको छ ।
जवाफमा प्रमुख आचार्यले ती समस्या समाधानका लागि सडक विभाग, खानेपानी संस्थान लगायतका सरोकारवालाहरुसंग यथाशीघ्र समन्वय गरी छलफलको वातावरण तयार गर्ने बताउनुभयो । खानेपानीको लाइन विस्तारका क्रममा देखिएका बाधा अड्चनहरूको तत्काल समाधान गरी पोखरेलीहरूलाई शुद्ध खानेपानी वितरण गर्ने कार्यमा महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताउनुभयो । उहँ“ले भन्नुभयो, “पोखरेलीहरूलाई शुद्ध खानेपानी खुवाउने महानगरको योजनामा जाईकाको योगदान अतुलनीय छ ।” यस कार्यमा कुनै प्रकारको अवरोध सृजना भए तत्काल समाधानका लागि महानगरपालिकाको तर्फबाट आवश्यक सहजीकरण गरिने प्रमुख आचार्यले बताउनुभयो ।
भेटघाटमा जाईकाका प्रमुख ओकुबो अकिमित्सु सहित कातो कुमिको, सुगियामा शिगेरु र इन्जिनियर हरि तिमिल्सिनाको संलग्नता थियो भने, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रशासकीय प्रमुख वीरेन्द्रदेव भारती र इन्जिनियर राजु रेग्मीको सहभागिता रहेको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला