नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन भदौ २८ र २९ गते पोखरामा हुने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन भदौ २८ र २९ गते पोखरामा हुने भएको छ ।
राष्ट्रिय सम्मेलन आयोजक समितिले पोखरामा शनिबार पत्रकार सम्मेलन गरी सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।
संघ नेकपा (एमाले) को जनसंगठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ अन्र्तगतको एक महत्वपूर्ण घटक हो ।
सम्मेलन भव्यताका साथ सफल पार्न गत साउन १४ गतेको भेलाले बेदबहादुर गुरुङ (श्याम)को संयोजकत्वमा १४१ सदस्यीय सम्मेलन आयोजक समिति, पोखरा गठन गरेको छ । संयोजक गुरुङले सम्मेलन सम्पन्नार्थ १२ वटा उपसमितिहरुले तयारीलाई तीब्रता दिएको छन् बताउनुभयो ।
‘तमु जाति, भाषा र संस्कृतिः हाम्रो पहिचान, राष्ट्रको सम्पति’ नाराका साथ दुई दिन पोखरामा हुने दोस्रो राष्ट्रिय सम्मेलनको पहिलो दिन भदौ २८ गते बिहान ११ बजे मानव अधिकार चोक चिप्लेढुंगाबाट मौलिक भेषभुषा, झाँकीसहित बृहत ¥यालीसहित पोखरा सभागृहमा पुगी समुदघाटन समारोहमा परिणत हुने कार्यक्रम रहेको छ ।
सम्मेलनको पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन एवम् सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा लामो समय तमु समुदायका लागि योगदान पु¥याएकोमा तमु अगुवा कर्म तमु, गोर्खा आन्दोलनको जिउँदो ईतिहास पदमबहादुर गुरुङ, पोखराका पूर्व उपमेयर क्या.मानबहादुर गुरुङलाई सम्मान गरिने कार्यक्रम रहेको छ ।
यस्तै, तमु समुदायको आदिकवि स्व. हर्कबहादुर गुरुङलाई तमु भाषा, साहित्य र जनचेतना अभिवृद्धिमा योगदान वापत मृत्यु पर्यन्त सम्मान गरिने संयोजक गुरुङले जानकारी दिनुभयो ।
सम्मेलनमा ५० जिल्ला र १६ वटा तमु संघ संस्थाबाट ६५० प्रतिनिधीहरुको सहभागिता रहनेछ भने सम्मेलन सम्पन्न गर्न करिब ३० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
दोस्रो सम्मेलन पनि पोखरामै हुन लागेको हो ।
यसअघि, २०६३ असार २४ गते पोखरामा आयोजित ऐतिहासिक प्रथम राष्ट्रिय भेलाले तमु (गुरुङ) हरुको सशक्त, जुझारू संगठनको आवश्यकता महसुस गरी नेपाल लोकतान्त्रिक तमु संघको २०६३ मंसिर २७ र २८ गते पोखरामा प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो ।
सम्मेलनले किरण गुरुङको अध्यक्षतामा केन्द्रिय समिति गठन गरी ४० वटा जिल्लाहरुमा जिल्ला समिति गठन गरी क्रियाशिल रहँदै आएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला