मन्त्री थापाद्वारा बगालेटोल सामुदायिक भवनको उद्दघाटन

नगेन न्यूज
  • ख-
  • ख+

भदौ २५, पोखरा ।
गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले पोखरा ८ मा निर्माण भएको बगालेटोल सामुदायिक भवनको उद्दघाटन गर्नुभएको छ । सुन्दर मार्ग टोल विकास संस्थाले निर्माण गरेको सामुदायिक भवनको शनिबार एक कार्यक्रमका बीच उहाँले उदघाटन गर्नुभएको हो ।
मन्त्री थापाले सामुदायिक भवनको स्थापनाले सुन्दरमार्ग टोलमा बसोबास गर्नुहुने स्थानीयलाई सहजता मिल्ने विश्वास लिनुभएको छ । ‘सामुदायिक भवनको स्थापनाले बगालेटोल बासी स्थानीयलाई सामाजिक तथा धार्मिक कार्यक्रम गर्न सहजता मिल्ने विश्वास लिएको छु । गण्डकी प्रदेश सरकार, स्थानीय बासिन्दा र विभिन्न निकाय तथा व्यक्तिबाट आर्थिक संकलन गरी निर्माण गरिएको सामुदायिक भवनले स्थानीयलाई लाभ मिल्नेछ ।’, उहाँले भन्नुभयो ।
समाजमा बसीसकेपछि सामाजिक उत्तरदायित्वलाई पुरा गर्ने जिम्मेबारी बोध गर्नुपर्ने आवश्यकता आजको भएको भनाई उहाँको छ । मन्त्री थापाले बगाले टोलमा भएका समस्याहरुसँग आफु चिरपरिचित रहेको र त्यस्ता समस्याको समाधान गर्न प्रतिबद्ध रहेको बताउनुभयो । मन्त्री थापाले परोपकारी धर्मले नै मानव जीवन सार्थक बन्ने उल्लेख गर्नुभयो ।
सामुदायिक भवनको उचित प्रयोग गरी यसको संरक्षणमा समेत ध्यान दिनुपर्ने आवश्यकतालाई उहाँले औंल्याउनुभएको छ । नजिकै फिर्के खोला भएकाले पनि हुन सक्ने जोखिमलाई न्युनिकरण गर्न प्रदेश सरकारबाट समेत आवश्यक सहयोग मिल्ने प्रतिबद्धता उहाँको छ ।
८६ लाखमा निर्माण भएको भवन उदघाटनको कार्यक्रममा सहयोगदातालाई सम्मान गरिएको थियो । हिराकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई संयोजक श्याम कृष्ण श्रेष्ठले स्वागत गर्नुभएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष भक्त राज श्रेष्ठ, पोखरा महानगरपालिका वडा ८ का अध्यक्ष रुद्रनाथ बराल लगायतले बोल्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला