सिट बाँडफाँड सहमति नजिक : खनाल (भिडियो सहित)

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २४ भदौ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आसन्न प्रदेश तथा प्रतिनिधि सभाको चुनावका लागि सत्ता गठबन्धन बिच सिट बाँडफाँड अर्थात भागबन्डाको विषय अन्तिम चरणमा पुगेको बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाटमा नेता खनालले आफूहरूले सहमतिको ९० प्रतिशत कोर्स पुरा गरेको बताउनुभएको हो ।
आइतबारसम्म सिट बाँडफाँडको टुङ्गो लाग्ने खनालले बताउनुभयो । गठबन्धनका बिच सहमति भए पनि आफूहरू चुनावको मैदानमा निस्कने नेता खनालले बताउनुभयो ।
मुलुकमा वाम एकता इतिहास देखी अहिले सम्म पनि उत्ति कै महत्वपूर्ण र आवश्यक रहेको उहाँले बताउनुभयो । २०४८ सालमा आफूहरूले एक वाम एक ठाँम भन्ने अभिप्राय लिए पनि त्यस बखत सफल हुन नसकेको इतिहास कोट्टाउँदै नेता खनालले महाकाली सन्धिसम्म आइपुग्दा विभाजन सम्म पुगेको तितो यथार्थ पनि सुनाउनुभयो । त्यसरी विभाजन हुनु दुखद भएको बताउँदै नेता खनालले नेपालका वामहरूले अनेक अवसरहरू गुमाउँदै आएको बताउनुभयो । उहाँले वाम एकता अहिले पनि जरुरी रहेको बताउदै वाम समूहका प्रमुख नेताहरू नै वाम एकताको पक्षमा नभएको दुखेसो समेत व्यक्त गर्नुभयो ।

अहिले विवादमा परेको नागरिकता विद्ययेक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा बनेको नेता खनालले उल्लेख गर्दै त्यस बेला प्रगतिशील भनिएको यो विद्ययेकका सम्बन्धमा अहिले राष्ट्रपति विद्यादेवी भण्डारीले खेलेको भूमिका प्रति उनले सङ्कोच व्यक्त गर्नुभयो ।
उहाँले नेपाली जनताले यो गौर ढङ्गले बुझ्न जरुरी रहेका बताउदै राष्ट्रपतिका सामु संविधान बमोजिम काम गर्नुको विकल्प नभएका बताउनुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएको खनालले आफूलाई कुनै पदको लोभ नभएको बताउनुभयो । आफूहरू व्यक्तिगत रूपमा प्रधानमन्त्री वा राष्ट्रपति बन्ने लोभ नभएको तर राष्ट्रको आवश्यकता अनुसार जिम्मेवारी बहन गर्न तयार रहेको बताउनुभयो ।
उहाँले आगामी चुनावमा माओवादीसँग कार्यगत एकता गर्ने बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला