मानव सेवा आश्रम छोरेपाटनमा गोरखा मिलन समाज पोखराको सहयोग

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
आफ्नो स्थापनाको २३ औं बर्षगाँठमा गोरखा मिलन समाज पोखराले छोरेपाटनमा रहेको मानव सेवा आश्रमलाई खाद्य सामाग्री सहयोग गरेको छ । भाद्र २० गते समाज स्थापनाको दिन पारेर समाजका अध्यक्ष कपिल पोखरेल सहितको पदाधिकारीहरुले आश्रमलाई सामाग्री हस्तान्तरण गर्नुभएको हो । करिब २० हजार मुल्य बराबरका खाद्यसामाग्री आश्रमकी अभियान्ता सम्झना बास्तोला तथा अभिभवक सोभा गौतमलाई समाजका अध्यक्ष कपिल पोखरेलले हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रमा बोल्दै आश्रमकी अभियान्ता सम्झना बास्तोलाले गोरखा मिलन समाज पोखराले गरेकोे सहयोगलाई धन्यवाद दिदै यस्ता सहयोगी हातहरु निरन्तर आउने अपेक्षा गर्नुभयो । उहाँले हाल मानव सेवा आश्रममा ६३ जना महिलाहरु र ६ जना काम गर्नेहरु बस्दै आएको बताउँदै सबैको सहयोगले आश्रम चल्दै आएको बताउनुभयो ।
गोरखा मिलन समाजका अध्यक्ष कपिल पोखरेलले समाजको तर्फबाट आफैले रकम उठाएर सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै यस्ता सहयोगहरु फेरी पनि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मानव सेवा आश्रम सहयोग कार्यक्रमको संयोजन समाजकी सह कोषाध्यक्ष गीता खनालले गर्नुभएको थियो भने समाजले आफ्नो स्थापनाको २३ औं बर्षको अवसर पारेर समाजले हरेक बर्ष बिभिन्न ठाउँमा सहयोग गर्दै आएको छ । गत बर्ष पोखराको बात्स्यान बृद्धाआश्रममा न्यानो कपडा बितरण गरेको थियो ।
मानव सेवा आश्रम लगतै पोखरा राष्ट्रबैंकको मझेरी फूडमा समाजको कार्यसमिति, पूर्व अध्यक्ष, पदाधिकारी सहितको पूर्ण बैठक सम्पन्न भएको छ ।
भाद्र २५ गते शनिबार हुने अधिवेशनको पूर्व तयारीको अवसरमा भएको बैठकमा सबै पूर्व अध्यक्ष, पदाधिकारीहरुले आफ्नो आफ्नो धारणा प्रस्तुत गरेका थिए । महासचिव र कोषाध्यक्षको प्रतिवेशन समेत बैठकले सुझाब सहित पारित गरेको छ । अब २५ गते हुने अधिवेशनमा उक्त प्रतिवेदन छलफलका लागी सभामा पेश हुनेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला