पोखरा महानगर भित्र ३२ स्थानका ७२ वटा शौचालयहरू सर्वसाधारणका लागि खुला

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, १६ भदौ ।
पोखरा महानगरपालिकाले निजी साझेदारीमा सार्वजनिक शौचालयको शुभारम्भ गरेको छ । बिहीबार एक कार्यक्रमका बिच महानगरपालिकाका प्रमुख धनराज आचार्यले न्युरोड स्थित सिटी स्क्वायर प्रा।लीबाट निजी साझेदारीमा सार्वजनिक शौचालयको शुभारम्भ गर्नुभएको हो ।

सो अवसरमा प्रमुख आचार्यले पोखरा महानगरपालिकाका ३२ स्थानमा निजी साझेदारीमा सार्वजनिक शौचालयको शुभारम्भ गरिएको जनाउँदै यसको सङ्ख्या १०० पुर्याईने बताउनुभयो । “हामीले सर्वसाधारणका लागि शौचालय उपयोगका सन्दर्भमा विभिन्न बैक तथा वित्तीय संस्था र व्यक्तिहरूसँग पनि कुराकानी गरिरहेका छौँ, यसको सङ्ख्या १०० पुररयाईने छ, उहाँले भन्नुभयो, एक वर्षभित्रमा महानगरका मुख्यमुख्यचोक र सार्वजनिक स्थलहरूमा सार्वजनिक शौचालय निर्माण गरिनेछ ।” यस कार्यक्रमले बजार आउने सर्वसाधारणका लागि अप्ठ्यारो परिस्थितिमा निकै राहत प्रदान गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

“सहर भित्र सार्वजनिक शौचालय नभएको ठाउँमा, यदि खल्तीमा पैसा छैन भने, कुनै रेस्टुरेन्टमा पसेर खान सक्ने अवस्था छैन भने, र कहीँ पनि शौच गर्न नसक्ने अवस्था छ भने, हामीलाई महसुस भयो, उहाँले भन्नुभयो, कार्यपालिकाको बैठकले यो वर्ष भित्रमा महानगरका सबै वडाहरूमा र बजारका मुख्य मुख्य चोकहरूमा सार्वजनिक शौचालय बनाउने भनेर निर्णय गरेका छौँ ।” यसको डिजाइन समेत तयार गरेर निर्माणको प्रक्रिया थालनी गर्ने अवस्थामा महानगरपालिका रहेको प्रमुख आचार्यले जनाउनुभयो । उहाँका अनुसार एक वर्ष भित्रमा कम्तीमा पनि ३३ स्थानमा सार्वजनिक शौचालय निर्माण गरिनेछ । विगतमा महानगरपालिकाले निर्माण गरेका शौचालयहरूको समेत मर्मत सम्भार गरी तिनीहरूलाई प्रयोगमा ल्याइने उहाँले बताउनुभयो ।

सो क्रममा सिटी स्क्वायरका सल्लाहकार उमेश पराजुलीले महानगरको सार्वजनिक आह्वानमा आफूहरू पनि सहभागी भई जनसेवा गर्ने मौका पाएकोमा खुसी व्यक्त गर्नुभयो । व्यवसायीक हिसाबले पनि सामाजिक उत्तरदायित्व बहनमा यस कार्यले आफूहरूको जवाफदेहितासंगै सहभागिता समेत निश्चित गरेको उहाँले बताउनुभयो । नगरपालिकामा विगतमा भएका बेतिथिहरूलाई सच्याउँदै नयाँ नेतृत्व अगाडी बढ्ने छ भन्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।

सर्वसाधारणलाई शौचालय उपयोग गर्न दिनेगरि महानगरले गरेको सार्वजनिक आह्वानमा सहभागी ३२ इच्छुक व्यक्ति तथा संस्थाहरूले आफ्नो शौचालय सार्वजनिक रूपमा प्रयोग गर्न दिने प्रतिबद्धता महानगरसँग जनाएका छन् । महानगर भित्र ३२ स्थानका ७२ वटा शौचालयहरू सर्वसाधारणहरूको उपयोगका लागि खुला गरिएका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला