पृथ्वीनारायण क्याम्पस अघोषित विश्वविद्यालय : प्रमुख आचार्य

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, ०८ भाद्र ।
रूपान्तरण गर्ने प्रयत्न जारी रहेको क्याम्पस प्रशासनले जनाएको छ । आवश्यक पर्याप्त पूर्वाधार तथा जनशक्ति भए पनि क्याम्पसलाई विश्वविद्यालयमा रूपान्तरण गर्ने विगत ३७ वर्षदेखिको प्रयासले मूर्त रूप लिन नसकेको क्याम्पस प्रमुख प्रा.डा सरोज कोइरालाले बताउनुभयो ।क्याम्पसको पूर्व स्ववियु सभापति समेत रहनु भएका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँगको भेटघाटमा क्याम्पस प्रमुख कोइरालाले विश्वविद्यालयमा रूपान्तरण हुने क्याम्पसको ३७ वर्ष लामो सङ्घर्षलाई मूर्त रूप दिने कार्यमा आवश्यक पहल गरिदिन समेत आग्रह गर्नुभयो । ‘गुणस्तरीय उच्च शिक्षाको सुलभता, विश्वविद्यालय निर्माण हाम्रो प्रतिबद्धता’ भन्ने मूल मान्यताका साथ प्राज्ञिक उन्नयन प्रति क्याम्पस परिवार प्रतिबद्ध छ, कोइरालाले भन्नुभयो, पश्चिमाञ्चलको प्रमुख शैक्षिक केन्द्र यो क्याम्पस विश्वविद्यालयमा रूपान्तरण हुन विगत ३७ वर्ष देखी प्रयासरत भए ता पनि यसले मूर्त रूप लिन सकिरहेको छैन ।’

सो क्रममा पोखरा महानगरपालिकाका प्रमुख आचार्यले आवश्यकताको पहिचान गरी क्याम्पसको विरासतलाई जोगाउनु पर्ने बताउनुभयो । ‘अहिले पनि पृथ्वीनारायण क्याम्पस मौजुदा अरू विश्वविद्यालय जत्ति कै छ, हामी मास्टर र पी.एच.डी लेबलमा काम गर्ने अवस्थामा छौँ, ग्र्याजुएसन र पोस्ट ग्र्याजुएसनको ठुलो सङ्ख्या हामीसँगै छ, आचार्यले भन्नुभयो, हामीसँग सम्बोधन प्राप्त कलेज मात्र नभएको न हो ।’ प्रशस्त जनशक्ति पनि भएको यो क्याम्पस आफैमा अघोषित विश्वविद्यालयको रूपमा रहेको आचार्यले बताउनुभयो । क्याम्पसलाई विश्वविद्यालय घोषणाका लागि यस क्षेत्रमा रहेका अन्य विश्वविद्यालयहरूले सञ्चालन गरिरहेका कार्यक्रमहरू भन्दा भिन्न प्राथमिकताको क्षेत्र माथि छलफल आवश्यक रहेको उहाँले सुझाउनुभयो । निकै लामो शैक्षिक इतिहास बोकेको क्याम्पसलाई विश्वविद्यालयमा रूपान्तरण गर्ने हरेक पहल तथा प्रयत्नहरूमा आफू साथमा रहेको विश्वास समेत प्रमुख आचार्यले दिलाउनुभयो ।

२०१७ सालमा २ जना शिक्षक र १३ जना विद्यार्थीबाट सुरु गरिएको पृथ्वीनारायण क्याम्पसमा हाल ५०० बढी प्राध्यापक, १०० कर्मचारी र देशभरका १५ हजार बढी विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् । मानव सभ्यताको संवर्धन अपरिहार्य शैक्षिक समृद्धि सबैको सत्प्रयासले मात्र सम्भव हुने क्याम्पस प्रशासनले जनाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला