फोहोर काठमाडौंमा मात्रै नभएर पोखरामा पनि बढ्दै

सुबी गुरुङ
  • ख-
  • ख+

फोहोर व्यवस्थापनको चिन्ता राजधानी काठमाडौंमा मात्रै नभएर पर्यटकीय नगरी पोखरामा पनि बढ्दै गएको छ । अन्तर्राष्ट्रिय विमानहरु अवतरण गर्ने दिन नजिकिएसँगै पर्यटक आगमन बढ्ने आशा बढेको बेला फोहोरको विषयले पोखराका पर्यटन व्यवसायीलाई चिन्ता बढाएको हो ।

पोखरामा निर्माण भएको क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुने लागेसँगै नागरिक उड्डउन प्राधिकरणले आउँदो पुस १७ गतेबाट यसलाई सञ्चालनमा ल्याउने निर्णय गरिसकेको छ । तर सोही विमानस्थल नजिकै रहेको पोखराको ल्याण्डफिल्ड साइट कहाँ स्थानान्तरण गर्ने र फोहोरको दिगो व्यवस्थापन कसरी गर्ने भन्ने विषयले पोखराका पर्यटन व्यवसायीलाई मात्रै नभएर पोखरावासीहरुलाई नै पिरोलेको हो । केही समयअघि नेपाल आएका चर्चित युट्युबर डेल फिलिप अहिले पोखरामा छन् । स्कटल्याण्डका २७ वर्षीय उनी अन्तर्राष्ट्रिय रूपमा परिचित पोकर खेलाडी पनि हुन जसको यूट्युब, इन्स्टाग्राम प्रभावकर्ता, र सामाजिक सञ्जाल व्यक्तित्व पनि हुन् । उनी प्रसिद्ध भिडियो कन्टेन्ट क्रियटर पनि हुन ।

उनले आफ्नो यात्रा, साहसिक कार्य, दैनिक जीवनसँग सम्वन्धित भिडियो र जीवनशैली ब्लग, स्व–शीर्षक युट्युब च्यानलमा राख्ने गर्छन । फिलिपले आफ्नो युट्युब च्यानलमार्फत काठमाडौं हुँदै पोखरा भ्रमणसम्वन्धी भिडियो अपलोड गरेका छन् । पोखराको ब्लगमा छोरेपाटनदेखि शान्ति स्तुपासम्मको यात्रा संस्करण, वातावरणीय सफाईको स्थितिबारे प्रस्तुत गर्दै भनेका छन्, ‘तपाईंले भुइँमा केही फ्याँक्नु हुन्छ, कसैले यसलाई उठाउँदैन ।’

ट्रेकिङ एजेन्सी एशोसियशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशील पौडेलले विदेशीहरु आएर यसरी नेपालका पर्यटकीय क्षेत्रहरुको बारेमा रिपोर्टहरु बनाएर सामाजिक सञ्जालमा राख्दा देखिने फोहोरहरुले नकारात्मक सन्देश प्रवाह हुनसक्ने भन्दै यसले आफूहरुलाई लाज लाग्ने अवस्था सिर्जना भएको बताए । उनले पोखरामा अझै पनि फोहोर व्यवस्थापनको दिगो समाधान ननिस्किएको र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा समेत यसले प्रभावित बनाएको बताउँदै थपे, ‘अब भनेको वातावरणमैत्री ट्रेकिङ, गाउँहरुमा मौलिक संस्कृतिको संरक्षण, प्लास्टिकमुक्त क्षेत्रको निर्माण गर्ने । फोहोर सफा गर्दै हिंडेर साध्य हुँदैन् । फोहोर व्यवस्थापनको दिगो र व्यवस्थित समाधान खोज्नुपर्छ । मान्छेले फोहोर गर्दै जाने, हामीले बटुल्र्दै जाने, यो कति दिन चल्छ ? साध्य लाग्दैन् ।’

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला