पोखरा नयाँ युगमा प्रवेश गर्दै

सुबी गुरुङ
  • ख-
  • ख+

हालको पोखरा उपत्यकाको उमेर धेरै भएको छैन करिव एक हजार वर्ष अगाडि उत्तरतिरको विशाल हिमताल फुट्दा बगेर आएका ढुंगा, माटो आदिले करिव १०० मिटर जति पुरेपछि हालको उपत्यका अस्तित्वमा आएको विश्वास गरिन्छ । उत्तरमा सेती नदी किनारको भराभरी बस्तीदेखि तनहुँको भीमादसम्म लगभग ५० किलोमिटर क्षेत्रमा फैलिएको नयाँ उपत्यकामा त्यसैले होला धेरै पुराना धार्मिक साँस्कृतिक सम्पदाहरु भेटिन्नन् । तर, प्राकृतिक सौन्दर्य र मनमोहक दृश्यावलोकनका लागि पोखरा विश्वमै उत्कृष्ट छ, अद्धितीय छ । साँच्ची नै पोखराबाट उत्तरतिर देखिने हिमशिखरका लहरको दृश्य अलौकिक छ । अन्नपूर्ण हिमश्रृंखला र यसका चुचुराहरु अझ विशेष गरी माछापुच्छ्रेले त धेरैलाई भुतुक्कै पार्छ । त्यसैले होला फ्रान्सेली पर्वतारोही मौरिस हरजोग र लुई लचेनालले सन् १९५० को वसन्तमा अन्नपूर्ण प्रथमलाई नै रोजे अनि सफल आरोहण गरेर विश्वमा इतिहास रचे । अन्नपूर्ण सगरमाथा भन्दा अगाडि नै आरोहण सुरु भएको हिमाल हो ।

निर्माणको अन्तिम चरणमा पुगेर सञ्चालन हुन ठिक्क परेको अन्तर्राष्ट्रिय विमानस्थलका कारण पोखराको पर्यटन र समग्र विकास नयाँ युगमा प्रवेश गर्दैछ । अब अन्तर्राष्ट्रिय पर्यटकहरु आफ्नो प्रस्थान विन्दुबाट सिधै पोखरा आउन सक्नेछन् भने नेपालको समग्र पर्यटन आगमन संख्यामा र उनीहरुले गर्ने खर्चमा समेत उल्लेख्य वृद्धि गर्न सकिन्छ । गण्डकी प्रदेशका धेरै जिल्लाहरुबाट वैदेशिक रोजगारी लगायत विविध उद्देश्यले नेपाल बाहिर जाने नेपालीहरुको संख्या उल्लेख्य भएकाले पनि यो विमानस्थलबाट जाने नेपालीहरुको संख्या पनि ठूलै छ ।

विमानस्थल २४ घण्टा सञ्चालन हुन सक्ने भएकाले आन्तरिक पर्यटकलाई पनि पोखरा आउन धेरै सहज हुनेछ । हुन त कता कता अन्तर्राष्ट्रिय विमानस्थल नेपालको लागि सेतो हात्ती हुने हो कि भन्ने चिन्ता पनि देखिन्छ । तर झण्डै आधा शताब्दी अगाडि नै पोखराको विकासको परिकल्पना गरेका दूरदर्शी व्यक्तित्वहरु भन्दा पनि अझ परम्परागत र यथास्थितिमा रमाउने सोच हामीले राख्नुहुँदैन । महानगरपालिकाको नयाँ नेतृत्व पनि विमानस्थलको अवरोधको रुपमा रहेको ल्याण्डफिल साइटको समस्या समाधानका लागि सक्रिय रुपमा लागेको देखिन्छ । पोखराको लागि यो विमानस्थल एक युगान्तकारी र अपरिहार्य पूर्वाधार हो र यसलाई व्यवसायिक रुपमा सञ्चालन गर्नका लागि सरकार, निजी क्षेत्र र सबै पोखरेलीले सकारात्मक सोच राख्नु र आ­आफ्नो भूमिका निर्वाह गर्न जरुरी छ ।अझ कतिपय देशमा त संघीय सरकारको मन्त्रिपरिषदको बैठक बेला बेलामा राजधानी बाहिर राख्ने पनि प्रचलन छ । त्यसैले संघीय गणतन्त्र नेपालको मन्त्रिपरिषदको बैठक पोखरामा राखेर त्यही बैठकले पोखरालाई पर्यटकीय राजधानीको रुपमा घोषणा गर्न सकिन्छ कि रु

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला