गृहमन्त्री बालकृष्ण खाँणले हालै प्रतिनिधिसभाबाट पारित भएको नागरिकता विधेयकले राष्ट्रियतालाई थप बलियो पार्ने विश्वास व्यक्त गरेका छन् । उनले कतिपय राजनीतिक दलले विधेयकमा भएका कुरालाई तोडमोड गरेर भ्रम छर्ने र चुनावको मुखमा भोटको राजनीति गर्ने प्रयास गरेको आरोप लगाए ।
शुक्रबार काठमाडौंमा कृष्ण जन्माष्टमीको अवसरमा भएको चैतन्य झाँकी प्रवचन कार्यक्रममा मन्त्री खाँणले नागरिकता विधेयकले नेपाली नागरिकता भएका आमा बाबुका नागरिकता पाउन नसकेका छोराछोरीलाई नागरिकता दिलाउन सहयोग पुगेको बताए ।