लुम्बिनी फाईन आर्ट स्थापित गर्दै कलाकार सुमित्रा राना

सुबी गुरुङ
  • ख-
  • ख+

कलाकार सुमीत्रा राना स्थानीय तहको निर्वाचनको समयमा गुल्मीका विभिन्न ठाउँमा आफ्नो चित्र मार्फत सचेतना फैलाउँदै गरेको कहिले उनी आफुले कोरेका चित्रका पोका बोकेर अर्वेनि त कहिले ठुलोलुम्पेकमा सबैका सामु आफ्नो कलाकृति प्रदर्शन गरिन् । यो कुनै व्यवसायीक प्रदर्शनी थिएन, नितान्त आफ्नो खर्चमा अनेक दुख कष्ट सहेर गाउँघरमा उनले चित्र मार्फत धेरै कुरा देखाउन खोजेको बुझ्न सकिन्थ्यो ।

सानैदेखि चित्रकलाप्रतिको लगावले सुमित्रालाई यो क्षेत्रतिर तानेर लग्यो । त्रिभुवन विश्वविद्यालयबाट ललित कलामा स्नातकोत्तर गरेकि कलाकार सुमित्रा राना सुत्पाराईले लामो समय काठमाडौमा बिताइन् । तर पछिल्लो समय उनी लुम्बिनी प्रदेशमा कृयाशिल छन् । उच्च शिक्षा पछि काठमाडौंका विभिन्न स्कुलहरुमा चित्रकलाको अध्यापन गराउँदै आएकि उनी अहिले बुटवलको एक वोर्डिँगमा चित्रकला पढाउँछिन् ।

“संस्कार र संस्कृतिलाई मेरो चित्रमा उतार्ने प्रयास गरेकी छु । समसामयिक विषयमा चित्र कोर्ने बानि परेकोछ, म जे देख्छु त्यहि लेख्छु” कलाकार सुमित्रा राना सुत्पाराईले भन्छिन ।

“सुमित्राको सिर्जनाहरु समृद्धि र यसकासाँस्कृतिक, प्राकृतिक, राजनीतिक र सामाजिक जीवनका परिस्थितिहरु सँग एकाकार भएर बग्छन चित्रकलाका अग्रज हरु यसो भन्छन ।”

राष्ट्रिय जनसाँस्कृतिक महासँघ लुम्बिनी प्रदेशकि अध्यक्ष हुन । राजनीतिक रुपमा सचेत भएकै कारण उनको कलामा सामाजिक परिवर्तनका धारहरु पनि प्रतिविम्बित हुन्छन । करिब दुई दर्जन भन्दा बढि पुरस्कार र सम्मान पाउन सफल उनी त्यतिनै तालिम, सेमिनार हरुमा सहभागी भईसकेकी छन ।

नेपाल प्रकृति र सँस्कृतिले भरिएको देश हो यिनै प्रकृतिलाई चित्रमा उतारेर संस्कार र संस्कृतिप्रतिको प्रतिविम्व उनका कलाकृतिहरुमा देख्न पाईन्छ । हुनपनि उनका कलाकृतिमा विषयको उठान, आकृतिको प्रतिकात्नक चयन र रंगको सँयोजनमा पनि कलाका बान्किहरु सचेत ढँगले उठान भएका छन । मुलुक राजनैतिक परिवर्तनका कार्यभार सम्पन्न पश्चात् समृद्धिको यात्रा तय गरिरहँदा कलाकार सुमित्रा राना सुत्पाराईको कलाकृति पनि शुखि नेपाली र समृद्ध नेपालको यात्रा तय गर्ने सन्देश बोकेर कोरिएको आभाष हुन्छ ।  यतिबेलासम्म आफ्नो कलालाई व्यवसायीक बनाएकि छैनन । तर बुटवलमा लुम्बिनी फाईन आर्ट मार्फत आफुलाई स्थापित गराउने प्रयास गरेकी छन ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला