एनआईसी एशियामा अनलाईन खाता खोल्नेलाई ५ हजार सम्मको छुट

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । एनआईसी एसिया बैंकले अनलाईन खाता खोल्ने ग्राहकलाई ५ हजार सम्मको विभिन्न सेवाहरुमा आकर्षक छुट हुने योजना ल्यााएको छ।

ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याइरहेको एनआईसी एशियाले अनलाईन मार्फत बचत खाता खोल्ने ग्राहकहरूलाई विभिन्न ई–कमर्शहरूबाट सेवाको खरिद गर्दा ५ हजार सम्म छुट उपलब्ध हुने जनाएको छ।

जसअनुसार Daraz, Gyapu, Sastodeal, Bhojmandu, Food bite (Quikr), UG Bazar, Khaanpin जस्ता ई–कमर्शहरूबाट विभिन्न सामग्रीहरू खरिद गर्दा एवं Taximandu, Yeti airlines, Sony LIV र Alt Balaji का अनलाईन प्लेटफर्म मार्फत विभिन्न सेवाहरू लिई डेबिट कार्ड, क्रेडिट कार्ड तथा NIC ASIA MoBank मार्फत अनलाईन भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट दिने व्यवस्था पनि रहेको छ।

यसका लागि ग्राहकहरुले बैंकको वेबसाइटबाट अनलाईन खाता खोली उक्त खाता सुचारु भएपछि बैंकले ग्राहकलाई एसएमएस वा इमेल मार्फत माथि उल्लेखित मर्चेन्टहरुद्वारा प्रदान गरिएको Promo code वा Discount link पठाउने व्यवस्था गरेको छ।

ग्राहकहरुले बैंकले पठाएको Promo code वा Discount link प्रयोग गरी आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। यो योजना २०७९ आषाढ मसान्तसम्म लागू हुनेछ।

अनलाईन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच बैंकले डिजिटल कारोबारलाई प्रबद्र्धन गर्नका निमित्त आकर्षक छुट व्यवस्था गरेको हो।

यो योजनाबाट लाभ लिनका लागि ग्राहकहरुले बैंकको वेबसाइटमार्फत जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी सहज रुपमा अनलाईन खाता खोल्ने व्यवस्था गरेको छ।

अनलाईन खाता खोलेपश्चात् ग्राहक महानुभावले आफुलाई पायक पर्ने यस बैंकको शाखा कार्यालयमा गई KYC Form भरी आफ्नो अनलाईन खाता पूर्ण रुपमा सुचारु गर्नुपर्नेछ।

अनलाईन खाता खोल्ने प्रक्रिया चुनौतिपूर्ण रहेको अवस्थामा बैंकले अनलाईन खाता खोल्न थप सहज होस् भन्ने उद्देश्यले ग्राहकहरुलाई९८०१२२७७५५ मा Missed call बाट नै सहज रुपमा खाता खोल्ने योजना ल्याएको जनाएको छ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला