हाइटेक शैक्षिक सामग्री हस्तान्तरण

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, साउन २५ ।
अपांगता भएका बालबालिकाहरुको सिकाईमा सहजता प्रदान गर्ने उद्देश्यले स्वावलम्वन जीवन पद्धती केन्द्र पोखराले हाइटेक शैक्षिक समाग्र्री वितरण गरेको छ । वल्ड एजुकेशनको सहयोगमा केन्द्रले लन परियोजना अन्र्तगत पर्वतको महाशिला गाँउपालिका र कुश्मा नगरपालिकालाई बुधबार पोखरामा सामग्री हस्तान्तरण गरिएको हो ।
पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले महाशिला गाँउपालिका शिक्षा शाखा प्रमुख दिनेश शर्मा र कुश्मा नगरपालिका शिक्षा शाखा प्रमुख विष्णु तिवारीलाई सामग्री हस्तान्तरण गर्नुभएको हो । स्मार्ट टिभी, ट्याव लगायतका सामग्री हस्तान्तरण गरिएको हो ।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले समावेशी सिकाईका लागि चुनौती भएपनि यसको सुरुवात गरेर सबैको सहयोग भए सफल हुने बताउनुभयो । “समावेशी सिकाईका केही व्यवहारिक समस्या भएपनि अभिभावक, शिक्षकसंगै, स्थानीय सरकार र सरोकारवाला सबै लागे पक्कै सफल हुन्छ ।” उहाँले सबै मिले सम्भव हुने बताउदै अपांग र अन्य बालबालिकाको सिकाईमा सामग्रीले भुमिका खल्ने विश्वास ब्यक्त गनुभयो ।

कार्यक्रममा स्वावलम्बन जीवन पद्धती केन्द्र पोखराका अध्यक्ष हेम गुरुङले समावेशी शिक्षा अहिलेको अवश्यकता रहेको बताउदै बालबालिकाको शिक्षाको गुणस्तर बृद्धिमा सहयोग पुग्ने बताउनुभयो । उक्त कार्यक्रम अन्र्तगत पर्वत, बागलुङ र स्याङजामा गरी ५७ स्मार्ट टिभी, २७ वटा ट्याब १३ वटा माइक स्पिकर प्रदान गरिने लन कार्यक्रम संयोजक प्रदिप रानाले जानकारी दिनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला