डा। भट्टराईको साथ राजनीतिक यात्रा तय गरेका कृषि विज्ञ मदन राई राजनीतिबाट अलग्गिए

सुबी गुरुङ
  • ख-
  • ख+

डा। बाबुराम भट्टराईको साथ राजनीतिक ७ वर्षअघि नयाँ शक्ति पार्टी हुँदै यात्रा तय गरेका कृषि विज्ञ मदन राई राजनीतिबाट अलग्गिएका छन् ।

डा। भट्टराईको नेतृत्वको नयाँ पार्टी नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिमा राई अटाएका छैनन् । शनिबार साँझ फेसबुकमा एक स्टाटस अद्यावधिक गर्दै राईले भट्टराईसँगको राजनीतिक यात्राबाट अलग भएको घोषणा गरेका छन् ।

‘म अलग भएँ, क्याडर पावरको राजनीति मलाई पीडापूर्ण थियो,’ उनले लेखेका छन् । लामो समय नेपाली कांग्रेसमा आवद्ध भएर राजनीति गरेका उनी उक्त पार्टी परित्याग गरी १६ वर्ष स्वतन्त्र बसेका थिए । २०७२ मा डा। बाबुराम भट्टराईले गठन गरेको नयाँ शक्ति पार्टीको ३५ सदस्यीय कमिटीमा राई पनि थिए ।

पछिल्लो सात वर्षमा डा। भट्टराई शक्ति र मिसमास राजनीतितिर लागेपछि आफू सल्लाहमा नै अलग बसेको राईले स्पष्ट पारेका छन् । ‘७ वर्षमा हाम्रो टिमबाट मैले धेरै सिकें, सिकाएँ पनि । प्रयास पास भएन तर अभ्यास धेर भए, राम्रा भए,’ उनले लेखेका छन्, ‘अरुलाई सहयोग गर्न धेरै काम लाग्नेछन् ।’

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला