ट्रयाक्टर बनाएर हेलिकप्टको अपेक्षा गर्न नहुने देउवा सरकारप्रति ओलीको टिप्पणी

सुबी गुरुङ
  • ख-
  • ख+

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई थोत्रो ट्रयाक्टरको संज्ञा दिँदै यसले देश बनाउन नसक्ने दाबी गरेका छन् । देश बनाउनको लागि उपयुक्त सरकार बनाउने चुनौती एमालेसँग रहेको उनले बताए ।

नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले शुक्रवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले देश बनाउने सरकार बनाउने चुनौती आफूहरूसँग रहेको बताएका हुन् ।

‘ट्रयाक्टर बनाएर हेलिकोप्टरको अपेक्षा गरेर हुन्छ र रु ट्रयाक्टर खुरुरु उडेर डाँडामा गएर बस्छ र रु धुँवा छाड्दै हिँड्ने घ्यारघ्यारे अहिलेको जस्तो ट्रयाक्टर सरकारले देश बनाउँछ र रु’ ओलीले भने, ‘उपयुक्त सरकार बनाउने च्यालेन्ज हामीसँग छ । आधुनिक विकसित देश हुनुप¥यो ।’

ओलीले चुनावको तयारी गर्न कार्यकर्तालाई निर्देशन दिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला