प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सत्ता गठबन्धनका दलहरू तालमेल गर्ने

सुबी गुरुङ
  • ख-
  • ख+

आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सत्ता गठबन्धनका दलहरू तालमेल गर्ने भएका छन् । शुक्रबार बसेको बैठकमा गठबन्धनमा रहेका पाँचै दल तालमेल गरेरै चुनाव लड्ने समझदारी भएको एक नेताले बताए ।

त्यस्तै भदौको पहिलो हप्तासम्म सिट बाँडफाँडको टुंगो लगाउने पनि समझदारी भएको छ । त्यस्तै सिट बाँडफाँडको टुंगो लगाउन सबै दलको प्रतिनिधित्व हुने गरी कार्यदलसमेत गठन गरिएको छ । सरकारले बिहीबार मात्रै आगामी ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकेको थियो ।

प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० सिट छन् । गठबन्धनमा ती सबै सिटमा गठबन्धन दलबीच भागबन्डा गर्ने वा केही क्षेत्रमा मात्रै गठबन्धन गर्ने भन्नेबारे सहमति भइसकेको छैन ।

नेताहरू सिट बाँडफाँटका लागि ढाँचा बनाउनै सकस पर्ने बताउँछन् । यसअघि प्रत्यक्षमा आफूले जितेका क्षेत्र सुरक्षित राखेर एमालेले जितेका स्थानमा भागबन्डा गर्नुपर्ने विषय उठे पनि सबै ठाउँमा यो ढाँचा काम नलाग्ने कांग्रेसका एक नेता बताउँछन् । अनौपचारिक छलफलका क्रममा कांग्रेसले कम्तीमा ९५ सिट र अन्य दलले ८० देखि ८५ सिट दाबी गर्ने भएका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला